म्याड्रिड । कप्तान तथा फरवार्ड करिम बेन्जेमा र मिडफिल्डर टोनी क्रुसको गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा बिल्बाओमाथि दुई-शून्यको सहज जित हात पारेको हो । रियलको जितमा बेन्जेमा र क्रुसले पहिलो र दोस्रो हाफमा एक-एक गोल गर्नुभयो ।
खेलको २४औँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई एक-शून्यको अग्रता दिलाउनुभयो । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा टोनी क्रुसले गोल गर्दै रियलको दुई-शून्यको जित पक्का गर्नुभयो । उहाँ रोड्रिगोको पासमा गोल गर्न सफल हुनुभएको थियो ।
यस जितसँगै दोस्रो स्थानमा रहेको रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरी तीनमा यथावत् राखेको छ । रियलको १७ खेलबाट ४१ अंक पुगेको छ । समान खेलबाटै बार्सिलोनाको ४४ अंक छ । पराजित विल्वाओ १८ खेलबाट २६ अंक जोडेर आठौँ स्थानमा छ ।
यस्तै, अर्को खेलमा बार्सिलोनाले गेटाफेमाथि एक-शून्यको जित हात पारेको छ । बार्सिलोनाका लागि पेड्रीले ३५औँ मिनेटमा राफिन्हाको पासमा गोल गर्नुभएको थियो । त्यसपछि पनि खेलमा दबदबा बनाएको बार्सिलोनाले थप गोल भने गर्न सकेन ।
यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको १७ खेलबाट ४४ अंक पुगेको छ । बार्सिलोना रियल म्याड्रिडभन्दा ३ अंकले अघि छ । पराजित गेटाफे १८ खेलबाट १७ अंक जोडेर १६औँ स्थानमा छ । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका