युभेन्ट्स र एटलान्टाको बराबरी

Read Time = 2 mins

लण्डन । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्स र एटलान्टाले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । युभेन्ट्स र एटलान्टाले तीन-तीन गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । युभेन्ट्सका एन्जल डि मारिया, एर्काडिअस्ज मिलिक र डानिलोले गोल गर्दा एटलान्टाका एडेमोला लुकमानले दुई तथा जोआकिम माइहलले एक गोल गर्नुभयो ।

एलिएन्ज स्टेडियम टोरिनोमा भएको खेलको पाँचौँ मिनेटमा एडेमोलाको गोलबाट एटलान्टाले एक-शून्यको अग्रता लिएको थियो । २५औँ मिनेटमा एन्जल डि मारियाले पेनाल्टीमा गोल गर्दै खेललाई एक-एकको बराबरीमा ल्याउनुभएको थियो ।

३४औँ मिनेटमा एर्काडिअस्ज मिलिकले गोल गर्दै युभेन्ट्सलाई दुई–एकको अग्रता दिलाउनुभयो । ४६औँ मिनेटमा जोआकिमले गोल गर्दै खेललाई दुई–दुई गोलको बराबरीमा ल्याउनुभयो । ५३औँ मिनेटमा एडिमोलाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्नुभयो भने ६५औँ मिनेटमा डानिलोले डि मारियाको पासमा गोल गर्दै खेललाई बराबरीमा टुंग्याउनुभयो ।

यस बराबरीसँगै एटलान्टा १९ खेलबाट ३५ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ । युभेन्ट्स १९ खेलबाट २३ अंक जोडेर नवौँ स्थानमा रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?