सूर्य नेपाल गल्फ आजदेखि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबार(आज)बाट हुने भएको छ । पछिल्लो पूरा सिजन २०२१-२२ को वरीयताअनुसार शीर्ष १६ गल्फरले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष १६ मा रहेका चार गल्फर अनुपस्थित रहेकाले यसपटक २० औँ वरीयतासम्म रहेका गल्फरले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता काठमाडौंस्थित रोयल नेपाल गल्फ क्लबमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ४२ हजार, तेस्रो स्थानले ३२ हजार तथा चौथो स्थान हासिल गर्नेले २४ हजार प्राप्त गर्नेछन् । क्वाटरफाइनलबाट बाहिरिनेले ११ हजार र पहिलो चरणमै निस्कने गल्फरले ६ हजार पाउनेछन् ।

मंगलबार पहिलो चरणको खेल तथा बुधबार क्वाटरफाइनल र सेमिफाइनल हुनेछ । बिहीबार अन्तिम दिन फाइनल हुनेछ । फाइनल ३६ होल तथा अन्य चरणमा १८ होलमा हुनेछ । प्रतियोगिताको पहिलो चरणमा शीर्ष वरीयताका शुक्रबहादुर राईले २० औँ वरीयताका टंकबहादुर कार्कीसँग खेल्नुहुनेछ । दोस्रो वरीयताका भुवन नगरकोटीले १९ औँ वरीयताका सन्जोक मोक्तानसँग खेल्नुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?