अस्तित्वविहीन बन्ने खतरामा भीम पुस्तकालय

Read Time = 5 mins

नवराज शिवाकोटी/हिटा
माघ । प्राचीनकालमा अभयपुर भनिने दोलखाको दोलखा बजारमा अवस्थित भीम पुस्तकालय अस्तित्वविहीन बन्ने खतरा बढेको छ । आमविनाशकारी भूकम्प-२०७२ ले पुस्तकालयको भवन भत्केपछि हालसम्म पुनर्निर्माणमा चासो चासो दिएको छैन ।

प्राचीन समयदेखि त्रिपुरा पुस्तकालय तथा भैरव पुस्तकालय रहेकोमा ती पुस्तकालयका पुस्तकसहित सुरक्षित राख्ने तथा अध्ययनको थलो बनाउन तत्कालीन भीम पब्लिक स्कुलका प्रधानअध्यापक रामबहादुर श्रेष्ठ (कविताराम श्रेष्ठ)ले २०२४ सालमा सार्वजनिक पुस्तकालयको रूपमा भीम पुस्तकालयको स्थापना गर्नु भएको दोलखाका जानकार एवं भीम पुस्तकालयका कार्यबाहक अध्यक्ष तीर्थनारायण जोशीले बताउनुभयो । भूकम्पपछि भवन निर्माणका लागि समाजसेवी आत्मकृष्ण श्रेष्ठले पहल गर्नु भए पनि पुस्तकालयको जग्गा सानो भएकाले भवन निर्माण गर्न दाताहरू समहमत हुन नसकेको जोशीको भनाइ छ । ‘पहिले सरकारी पाठ्यपुस्तक पाउन साह्रै मुस्किल हुन्थ्यो’, जोशीले भन्नुभयो, ‘भीम माविमा पढ्ने विद्यार्थीहरूको अध्ययनलाई यही पुस्तकालयले ठूलो सहयोग गरेको थियो ।’ भीम पुस्तकालयभन्दा पहिला दोलखामा रहेका त्रिपुरा पुस्तकालय तथा भैरव पुस्तकालयमध्ये त्रिपुरा पुस्तकालयलाई भारत सरकारले सहयोग गरेको थियो भने भैरव पुस्तकालयलाई ब्रिटिश सरकारले सहयोग गर्ने गरेको थियो । २०२४ सालमा भीम पुस्तकालय स्थापना भएपछि भने दुवै पुस्तकालयका पुस्तकहज्ञ भीम पुस्तकालयलाई हस्तान्तरण गरिएको जोशीले बताउनुभयो । भीम पुस्तकालयलाई जर्मन, भार, चीन, उत्तरकोरियालगायत राजदूतावासबाट समसामयिक पुस्तकहज्ञ उपलब्ध गराइने गरेको उहाँको भनाइ छ ।

पुस्तकालयको महत्व बुझेर स्थानीय ज्ञानकृष्ण श्रेष्ठले बुबा हस्तबहादुर श्रेष्ठको नाममा बजारको मध्य भाग सिम्बुथानमा २०३० सालतिर जग्गा दान दिनुभएको जोशीले बताउनुभयो । सोही जग्गामा स्थानीयहरूले भवन निर्माण गरेको तथा तत्कालीन प्रधानपञ्च भरतबहादुर श्रेष्ठको पहलमा जिल्ला पञ्चायतबाट छाना लगाउन सहयोग प्राप्त भई पुस्तकालय सञ्चालनमा रहेको कार्यबाहक अध्यक्ष जोशीको भनाइ छ ।

पुस्तकालय सञ्चालनका लागि माधवमणिराज भण्डारी, अमरकुमार श्रेष्ठलगायत धेरैको महŒवपूर्ण सहयोग रहेको कार्यबाहक अध्यक्ष जोशीले बताउनुभयो । २०७२ सालसम्म चलेको पुस्तकालयमा ऐतिहासिक, धार्मिक साहित्यिक तथा पुरातात्विक महŒवका पुस्तकसहित करिब आठ हजार पुस्तक संग्रहित थिए । भूकम्पले पुस्तकालयको भवन जीर्ण भएपछि पुस्तकहज्ञ भीमेश्वर मन्दिरनजिक रहेको घरेलु उद्योगको भवनमा राखिएको स्थानीय भरत प्रधानले जानकारी दिनुभयो ।

भीम पुस्तकालयलाई अस्तित्वविहीन हुन नदिन जग्गा खरिद गरेर पुस्तकालय भवन निर्माण गर्न स्थानीय सरकारलागायतले चासो दिनुपर्ने कार्यबाहक अध्यक्ष जोशीको आग्रह छ । पुस्तकालयका बचेका पुस्तकको अवस्था हेरी पुनः पुस्तकालय सञ्चालन गर्न आफूले पहल गरिरहेको भीमेश्वर नगरपालिका वडा-२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठले बताउनुभयो । पुस्तकालय भवन निर्माणका लागि जग्गाको खोज भइरहेको उहाँको भनाइ छ । पुस्तकालयको भवन निर्माण नभएसम्म भीम पुस्तकालय सञ्चालनमा सम्भाव्य ठाउँ हेरिरहेको र चाँडै निष्कर्षमा पुग्ने श्रेष्ठले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?