चापागाईंलाई युवा पत्रकार सम्मान

Read Time = 2 mins

भक्तपुर । युवा पत्रकार गोपिकृष्ण चापागाईंलाई युवा पत्रकार सम्मान प्रदान गरिएको छ । शनिबार भक्तपुरमा सम्पन्न चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ मा पत्रकार चापागाईंलाई १० हजार नगद राशिसहित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त सम्मान प्रदान गर्नुभएको हो ।

विगत एकदशकदेखि पत्रकारितामा सक्रिए चापागाईं विशेषगरी कला पत्रकारितामा कलम चलाउनुहुन्छ । गृह जिल्ला नवलपरासी पूर्वबाट पत्रकारिता सुरु गर्नुभएका चापागाईं पछिल्लो समय काठमाडौंमा रहेर नेपाली कला, भाषा, संस्कृति, चलचित्र, गीतसंगीतका विषयमा समाचार लेखनसँगै भिडियो अन्तर्वार्तामा सक्रिए हुनुहुन्छ ।

केही समय पहिलासम्म हिमालय टाइम्समा पनि आबद्ध रहनुभएको उहाँ अहिले आर्टिष्ट खबर डटकममा रहेर कार्य सम्पादन गर्दै आउनुभएको छ । चापागाईंले यसअघि पनि ओएस नेपाल म्युजिक अवार्ड २०७५, ज्योति फिल्मस् म्युजिक अवार्ड २०७७, बक्स अफिस म्युजिक अवार्ड २०२२ बाट पनि युवा पत्रकार सम्मान पाइसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?