घट्यो सेयर बजार

Read Time = 2 mins

काठमाडौं । सोमबार सेयर बजार १३.७१ अंकले घटेको छ । दुई सय ५७ कम्पनीका एक करोड सात लाख ५९ हजार पाँच सय ७९ कित्ता सेयर तीन अर्ब ८६ करोड ४० लाख आठ हजार नौ सय ७३ रुपैयाँँमा कारोबार भएका छन् । यस दिन कुमारी बैंकको सर्वाधिक १३ लाख २५ हजार ९३ कित्ता सेयर २७ करोड ४८ लाख २८ हजार आठ सय ३२ रुपैयाँँमा खरिदबिक्री भएको छ भने एनआइसी एसिया बैंकको १२ करोड ७५ लाख, रिडी पावर ११ करोड ३३ लाख, अपि पावर ११ करोड १४ लाख र एभरेष्ट बैंकको १० करोड दुई लाख रुपैयाँँको कारोबार भएको छ ।

शीर्ष कारोबार हुने १० कम्पनीमा शिवम् सिमेन्ट्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, अपर तामाकोशी र निफ्रालगायत रहेका छन् । नेप्से घटे पनि पाँच कम्पनीको सेयरमूल्य सर्किट लेबलमा बढेको छ । आदर्श लघुवित्तको १० प्रतिशत, सानिमा जिइआइसीको ९.९९, कुमारी बैंक ९.९९, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ९.९८ र समृद्धि फाइनान्सको ९.९७ प्रतिशतले सेयरमूल्य बढेको हो । तर, हिमालयन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.७९ प्रतिशतले घटेको छ भने लिवर्टी इनर्जी कम्पनी ७.१९ प्रतिशत, सिंगटी हाइड्रोपावर ६.३४ प्रतिशत, ग्रिन भेञ्चर ५.९४ प्रतिशत र बलेफी हाइड्रोपावरको ६.६५ प्रतिशतले घटेको छ । मध्य भोटेकोशी हाइड्रोपावर, शिवम् सिमेन्ट्स, युनियन हाइड्रोपावर, एनआइबिएल समृद्धि फण्ड-२ र ज्योति विकास बैंकको सेयर मूल्य पनि घटेको छ । बजार घटेसँगै सोमबार कुल बजार पुँजीकरण ३१ खर्ब २५ अर्ब ८३ करोड रुपैयाँँमा खुम्चिन पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?