काठमाडौं । न्यु स्टाइ, न्यु स्टेटमेन्ट भन्ने नाराका साथ नेपालस्थित हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा नयाँ हुण्डाई भेन्यु सार्वजनिक गरेको छ ।
आफ्नो पहिलेको हुण्डाई भेन्युको मोडलमार्फत् नेपालभरका ग्राहकको ध्यान तान्न सफल रहेको हुण्डाई भेन्युको नयाँ र परिष्कृत मोडलले कम्प्याक्ट एसयुभीको प्रतिस्पर्धी बजारमा नयाँ आयाम स्थापित गर्ने कम्पनीको विश्वास छ ।
कम्पनीका अनुसार नयाँ भेन्यु आकर्षक डिजाइन, विशिष्ट सुविधा, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापीरूपमा फरक पहिचान बनाउन सफल भएको छ ।
नयाँ हुण्डाई भेन्युकोे फराकिलो वनावट र इन्टेरियरका कारण निकै नै आरामदायी छ । विभिन्न तीन भेरियन्टमा उपलब्ध नयाँ हुण्डाई भेन्युको प्रारम्भिक मूल्य ३९ लाख ९६ हजार लाख रुपैयाँँ रहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका