काठमाडौं-चित्लाङ एओजी नाइट राइड

Read Time = 1 min

काठमाडौं । नेपालस्थित टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले शनिबार र आइतबार पहिलोपटक काठमाडौंदेखि चित्लाङसम्म अपाचे ओनरस ग्रुप (एओजी) नाइट आयोजना गरेको छ । ३० जना राइडरको सहभागिता रहेको कार्यक्रममा अपाचे राइडरले यात्राका क्रममा विभिन्न मनोरञ्जनात्मक गतिविधिमा भाग लिए ।

उनीहरू मनोरञ्जनमा मात्र सीमित नरही चित्लाङको प्राकृतिक सुन्दरताको अवलोकन गर्दै कम्पनीतर्फबाट समाज सेवा पनि गरेको कम्पनीले जनाएको छ ।

उनीहरूले चित्लाङको कालीदेवी आधारभूत विद्यालयमा अध्ययन सामग्री वितरण गरेका थिए । टिभिएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणीलगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरिसकेको छ । रात्रिकालीन यात्रा भने यो पहिलो रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?