संसद भवनअगाडि शरीरमा आगो लगाएर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसद भवनअगाडि एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् ।

मंगलबार दिउँसो इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका थिए ।

के कति कारणले उनले आत्महत्याको प्रयास गरे भन्ने बारे खुलिसकेको छैन । उनको उद्धार गरी किर्तिपुर अस्पताल लगिएको छ ।

ती व्यक्तिबारे थप विवरण आउन बाँकी छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?