भूकम्पबारे सदनलाई जानकारी गराउन सांसद पाण्डेको माग

Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आज अपराह्न पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उहाँले भूकम्पले क्षतिका बारेमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखलाई आग्रह गर्नुभयो ।

आज दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला केन्द्रविन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?