गुल्मी । नेपाली कांग्रेस गुल्मीले जिल्लाका सबै तहमा सम्मेलन गर्ने भएको छ । मङ्गलबार जिल्ला पार्टी कार्यालय वीपी स्मृति भवनमा बसेको जिल्ला कार्यसमितिको आठौं बैठकले सबै स्थानीय तह र सम्पर्क समितिका नियमित सम्मेलन गर्ने निर्णय गरेको हो ।
जिल्ला सभापति खिलध्वज पन्थीको सभापतित्वमा बसेको बैठकमा प्रदेशसभा र प्रतिनिधिसभाको हालै सम्पन्न निर्वाचनका बिषयमा समीक्षा गरिएको थियो ।
बैठकमा आएका विचार र सुझाव सल्लाहका साथै प्रदेशसभा र संघीय सभाको निर्वाचनमा सक्रिय सहभागि भई गठवन्धनलाई सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिइएको थियो । केही कमीकमजोरीलाई औल्याएर भविष्यका लागि दीशानिर्देशन गर्ने खालका कार्यमा सक्रिय भएर संगठन विस्तारमा लाग्नुपर्ने सभापति पन्थीकाे भनाइ राख्नुभएकाे थियाे ।
पार्टी संगठनको हालसम्मको अवस्थाको बिषयमा पार्टी सचिव भगतसिंह खडकाले जानकारी गराउनुभयो । उहाँले अगामी दिनमा संगठन र सचिवालयलाई अझै बढी प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । सम्पन्न निर्वाचनको बुँदागत समीक्षा, गठवन्धनको प्रभावकारिताका साथै मुलुकको वर्तमान राजनैतिक अवस्था, पार्टीका तर्फबाट केन्द्र र प्रदेश सरकारका काम जनताको पक्षमा भए नभएको शुक्ष्म अध्ययन गर्ने कार्यलाई अगाडी बढाउँदै संगठनका हरेक गतिविधीलाई जनउपयोगी बनाएर अगाडी बढ्ने जस्ता महत्वपूर्ण निर्णय गरिएको अर्का पार्टी सचिव जगदीश भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा लुम्बिनी प्रदेश सदस्य तथा महिला नेतृ विष्णु सापकोटाले पार्टी संगठनलाई सुदृढ बनाएर लैजानका लागि प्रदेश र जिल्ला हुँदै पार्टीको तल्लोतहसम्मका नेता तथा कार्यकर्ताहरुको मनोवल उच्च बनाएर अगाडी बढाउनु आजको आवश्यकता भएकाे बताउनु भयाे ।
बैठकको कार्यसूची अनुसार, पार्टीका कोषाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले, पार्टीको आर्थिक अवस्थाका बिषयमा जानकारी दिनुभयो । उपसभापतिहरु अनन्त पौडेल, शिववहादुर केसी, सहसचिव छवि पाण्डे, धर्मराज पाण्डे, क्षेत्रीय सभापतिहरु पारिश्वर ढकाल, चन्द्रवहादुर महत, जिल्ला कार्यसमितिका सदस्यहरु हरिकुमार श्रेष्ठ, धातानन्द भण्डारी, थम्मन सिंह आले, गोपाल पाण्डे, वेदवहादुर थापा, सुनिता जिसी लगायतले जिल्लामा संगठन बिस्तार र शुद्धीकरण गरेर अगाडी बढ्ने बताउनुभयो ।
पार्टीको विधान अनुसार स्थानीय तह, प्रदेश र क्षेत्रको नियमित सम्मेलनका साथै विभिन्न स्थानमा भएका सम्पर्क समितिको अधिवेशनलाई २०७९ फागुन मसान्तभित्र सक्ने गरी सबै तहमा तयारीका लागि प्रतिनिधिको रुपमा खटाउन लागिएको गुल्मी कांग्रेसले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका