बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भोलि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भोली हुने भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार नयाँ मन्त्री नियुक्त गर्ने हुनु भएको छ । मन्त्रिपरिषद्ले पूर्णता दिने वा नदिने बारे टुंगिएको छैन ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा भोलि २ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गर्नेबारे सहमति भएको छ । मन्त्री बन्ने आकांक्षीहरूको संख्या धेरै भएकाले सरकारमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालाई मन्त्री छान्न सकस परेको छ ।

नेकपा एमालेले ५ वटा, माओवादीले ४ वटा, राप्रपाले ३ वटा, नेकपा एकीकृत समाजवादीले २ वटा र हाम्रो नेपाली पार्टीले १ वटा मन्त्रालय मागेका छन् ।

तर, मन्त्रिपरिषद् बैठकले ११ वटा मन्त्रालय राख्ने स्वीकृत गरेसँगै भागवण्डामा तलमाथि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?