काबुल । अफगानिस्तानमा चिसो मौसम सुरु भएयता शीतलहरबाट एक सयभन्दा बढीको मृत्यु भइसकेको छ । गत दुई हप्तामा चिसो मौसम र प्रदूषित हावाका कारण उनीहरूको मृत्यु भएको हो । अफगानिस्तानमा विभिन्न प्रान्तहरूमा चलेको शीतलहरले केटाकेटी र वृद्धवृद्धा बढी मारमा परेका छन् ।
कमजोर आर्थिक अवस्था भएका परिवार प्रायः यस मौसममा अत्यधिक चिसोको सिकार हुने गरेका छन् । न्यानो कपडा र आगो ताप्न दाउरासम्म किन्न असक्षम सर्वसाधारणले चिसोकै कारण ज्यान गुमाउनु परेको हो ।
तापक्रममा अचानक आएको गिरावटले गरिबी, खाद्यान्न र इन्धनको अभावबाट ग्रस्त भएका मानिसलाई अझ बढी असर गरेको छ । अफगानिस्तानमा तालिवानले सत्ता लिएपछि दातृ निकायले प्रदान गर्दै आएको सहयोग रोक्का गरेका छन, जसका कारण अधिकांश अफगानी मानवीय संकटको चपेटामा परेका छन् । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका