‘सरित्’ का तीन बालकृति प्रकाशित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विगत साढे चार दशकदेखि नेपाली साहित्यमा साधनारत इन्द्रकुमार श्रेष्ठ सरित् मूलतः कथाकारको रूपमा चर्चित र स्थापित स्रष्टा हुनुहुन्छ । कथाबाहेक पनि सरितले कविता, गीत, गजल, मुक्तक, उपन्यास, समित्क्षा, समालोचना आदिमा निरन्तर कलम चलाइरहनु भएको छ ।

यसअघि कथा, कविता, उपन्यास, अन्तर्वार्ता, बालकृति गरेर एघार थान कृति सार्वजनिक गरिसक्नुभएका साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ का यसपालि एकैपटक तीन थान बालकृति प्रकाशित भएका छन् । ‘बाटुली’ कथासंग्र्रह र ‘जूनतारा’ कवितासंग्र्रह भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो भने ‘मेरी छोरी’ मान्या कथासंग्र्रह अक्षरधाम प्रकाशनले प्रकाशित गरेको हो ।

‘बाटुली’ कथासंग्र्रहमा नौवटा कथा संकलित छन् भने ‘जूनतारा’ कवितासंग्र्रहमा दशवटा कविता संग्रहित छन् । त्यसैगरी ‘मेरी छोरी मान्या’ कथासंग्रहमा पाँचवटा कथा संग्रहित छन् । ‘सरित्’का बालकृतिका बारेमा ज्ञाननिष्ठ ज्ञवालीको प्रतिक्रिया छ- ‘इन्द्रकुमार श्रेष्ठ सरित्द्वारा लेखिएका कथाहरू सन्देशमूलक छन् । यी कथाहरू विभिन्न स्वादयुक्त छन् । आकर्षक आवरण र सुन्दर साजसज्जाका साथ प्रकाशित सरित्का तीनै कृति अत्यन्त पठनीय हुनुका साथै सन्देशमूलक छन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?