सिम्पलको रजत महोत्सवमा सम्मान प्रतिभा चयन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । २०५५ सालदेखि सिम्पल आर्टस् बानेश्वरले निरन्तर रूपमा साहित्य, संगीत, कला र अन्य क्षेत्रका राष्ट्रिय व्यक्तित्वहरूलाई सिम्पल सम्मान अर्पण गर्दै आएको छ । यसले यसवर्ष पच्चीसौं अर्थात् रजत महोत्सवको अवसर पारेर विभिन्न पाँच प्रतिभालाई सिम्पल सम्मान २०७९ प्रदान गर्ने भएको छ ।

यस पटक शिक्षासेवी शेषमणि भट्टराई, साहित्यकार ललिता दोषी, पत्रकार तथा साहित्यकार केशवराज पाठक, कलाकार तथा निर्माता प्रज्ञा जोशी र गायिका स्वेता उप्रेतीलाई सो सम्मान प्रदान गरिने सिम्पल आर्टस्ले जनाएको छ ।

संस्थाका संस्थापक अध्यक्ष संगीतकार तथा चलचित्र निर्देशक केशव सान्दाइको संयोजकत्वमा बनेको प्रतिभा चयन समितिले सिफारिशको आधारमा सो प्रतिभा चयन गरेको जनाइएको छ । आगामी फागुन ७ गते विशेष कार्यक्रमबीच उक्त सम्मान अर्पण गरिने संस्थाका अध्यक्ष गायक पुष्कर जंगमले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?