राष्ट्रपति भण्डारीसँग चलचित्रकर्मीको अन्तक्रिया

Read Time = 5 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चलचित्रकर्मीले अन्तक्र्रिया गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा चलचित्रकर्मीले अन्तक्रिया गरेका हुन् । कार्यक्रममा नेपालको चलचित्र उद्योग, यसका विभिन्न पक्ष, समस्या र समाधानका विषयमा अन्तक्र्रिया भएको थियो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र कल्याण कोषकी संस्थापक एवं संयोजक वसुन्धरा भुसाल र उद्योग वाणिज्य महासंघअन्तर्गतको मनोरञ्जन फोरमका संयोजक तथा चलचित्र निर्माता संघका पूर्वअध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रका समस्या राख्नुभएको थियो । राष्ट्रपति भण्डारीले चलचित्रकर्मीका गुनासाका विषयमा उचित सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपाली चलचित्रले समाजका बदल्नै पर्ने बालविवाह, दाइजो, बोक्सीलगायत कुप्रथालाई अन्त्य गर्दै सभ्य समाज निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेकोमा खुशी व्यक्त गर्नुभएको थियो । उहाँले कलाकारलाई राष्ट्रको अमूल्य सम्पदा रहेको बताउँदै उहाँहरूको साधना र मौलिक सिर्जनाले राष्ट्रलाई विश्वसामु चिनाएको बताउनुभयो । राष्ट्रपति भण्डारीले कला क्षेत्रले नेपाली चलचित्रले रोजगारीको सिर्जना गर्ने र अर्थतन्त्रलाई बलियो पार्न मद्धत गरेको भनाइ राख्नुभयो ।

सो अवसरमा चलचित्र उद्योगलाई राष्ट्रिय प्राथमिकताको रूपमा राख्न, करअनुसार छुटको व्यवस्था गर्न, पर्यटकीय स्थलमा बिनालागत चलचित्र छायांकन गर्न, चलचित्र विकास बोर्ड स्वायत्त गर्न, चलचित्र उद्योग ऐन पास र लागू गर्न, चलचित्रकर्मीका लागि ठोस नीति बनाउन, पशुपति विकास कोषभित्र चलचित्रकर्मीका लागि श्रञ्दाञ्जलि गृह बनाउनेलगायत माग कलाकारले राष्ट्रपति सामु राख्नुभएको हो ।

कार्यक्रममा कलाकारहरू नीर शाह, चैत्यदेवी सिंह, मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, भुवन थापा चन्द, मिथिला शर्मा, दीपाश्री निरौला, कृष्ण मल्ल, करिश्मा मानन्धर, गौरी मल्ल, हरिहर शर्मा, मोहन निरौला, रविन्द्र खड्का, उत्तम केसी, राज कटुवाल, रविन्द्र सिंह बानिया, जितु नेपाल, केदार घिमिरे, सीता घिमिरे, बुद्धि तामाङ, नीता ढुंगाना, रविन्द्र झा, गौरव पहारी, उमा गिरी, गीतकारहरू डा.भोला रिजाल, डा.कृष्णहरि बराल, हल सञ्चालक नकिम उद्धिन, गोपाल कायस्थ, कपिल द्वा, नरेन्द्र महर्जन, कोरियोग्राफर कमल राई, प्राविधक संघका अध्यक्ष पुष्कर लामा, डिजाइनर सुन्दर श्रेष्ठ, संगीतकार शुरेस अधिकारी, चेतन सापकोटा, राजेन्द्र बजगाईं, पत्रकार प्रकाश सुवेदी, जीवन पराजुली, डब्बु क्षेत्री, विष्णु शर्मा, निर्देशकहरू लक्ष्मीनाथ शर्मा, ज्ञानेन्द्र देउजा, दीपक श्रेष्ठ, शोभित बस्नेत, विधान कार्की, रक्षा सिंह राणा, सुचित्रा श्रेष्ठ, राजेश महर्जन, चलचित्र विकास बोर्डका अधिकृत चिरञ्जीवी गुरागाईं, लोकेशन नेपालकी हृतिका भट्टराई, सम्पादकहरू बनिश शाह, भुपेन्द्र अधिकारी, कलरिष्ट रेनिश फागो, निर्माता शुरेश अधिकारी, अर्जुन कुमार, ज्योति राई, गायिका सरिता भारतीलगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?