चितवन । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका जोनल हेड, प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटिभ र कार्यालय सञ्चालनमा सहयोग पुर्याउने करिब तीन कर्मचारीहरूको उपस्थितिमा चितवनमा प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि तथा उत्प्रेरणामूलक तालिम ‘सेल्स कन्भेन्सन’ सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित उच्च पदाधिकारीको उपस्थितिमा आयोजित कार्यक्रममा कम्पनीका कर्पोरेट ट्रेनर रविन कटुवालले व्यक्तित्व विकास र सेल्ससम्बन्धी विशेष प्रशिक्षण दिनुभएको थियो ।
साथै उत्कृष्ट कर्मचारीलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले सम्मान गर्नुभएको थियो । कार्यक्रममा तीनजना जोनल हेड, तीनजना प्रोभिन्स हेड, पाँचजना रिजनल म्यानेजर, १० जना शाखाप्रमुख, १२ जना कार्यालय सञ्चालनमा सहयोग पु¥याउने कर्मचारी तथा १५ जना सेल्स एक्जुकेटिभ गरी ४८ जना कर्मचारीलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।
पहिलो सेल्स कन्भेन्सनबाट कर्मचारीले कम्पनीको हालको अवस्था, आगामी बजार विस्तार योजना र रणनीतिसम्बन्धी बृहत् ज्ञान हसिल गर्नुका साथै सीप तथा प्रविधिमैत्री तालिमबाट कर्मचारी उत्साहित र थप ऊर्जावान भएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले बताउनुभएको छ । सूर्या लाइफ र ज्योति लाइफबीचको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जरपछि बनेको सूर्यज्योति लाइफ आइएसओ ९००१ः२०१५ बाट सम्मानित भइसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी चार अर्ब ५४ करोड पुगेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका