गरेर खान चाहनेहरू बाँच्नै नसक्ने सीमासम्म पुग्योः सिके राउत

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्तारुढ जनतम पार्टी अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत)ले प्रेम आचार्यको आत्मदाह प्रकरणले गरेर खान चाहने सोझासाझाहरूका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको देखाएको बताउनुभएको छ ।

नयाँबानेश्वरस्थित संसद भवन अगाडि मंगलबार इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारका क्रममा बुधबार बिहान निधन भएको छ ।

सोही घटनालाई जाेडेर अध्यक्ष राउतले सो कुरा बताउनु भएकाे हाे । तारेक अल-तैयब मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्तिजस्तै नेपालमा क्रान्ति ल्याउने आशा गरेका उनले आफूहरुको राजनीतिमा भएको उदयले पनि केही आश जगाउन नसक्नु दुःखद भएको बताउनुभएकाे छ ।

राउतले सामाजिक सञ्जालमा लेख्नुभएकाे छः

बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न तर गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो । अझ हामी नयाँ पार्टी र पात्रहरूले समेत केही आश जगाउन नसक्नु दुःखद छ। हार्दिक श्रद्धाञ्जली  

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?