प्रेम आचार्यको आत्मदाहले सामाजिक सञ्जाल तरङ्गित : आरोपप्रत्यारोप हैन आत्मसमीक्षा गरौं

हिमालय टाइम्स
Read Time = 11 mins

काठमाडौं । नयाँबानेश्वर संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्युपछि सामाजिक सञ्जालमा तरंगित बनेको छ ।

उनको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की मंगलबार साँझनै कीर्तिपुरस्थित बर्न अस्पतालमा पुग्नुभएको थियो ।

आचार्यले आत्मदाहको प्रयास अघि लामो स्टाटस लेखेका थिए । त्यहाँ उनले आफूले ठूलो मेहनत र आँट गर्दा पनि देशमा केही गरौं भन्ने युवा जताततैबाट ठगिन र लुटिन विवश रहेको उल्लेख गरेका छन् । देशमा अनमितता र गलत खालको संकारले युवा विदेशी बाध्य भएको उल्लेख गर्दै स्टाटसमार्फत उनले सरकारलाई परिवर्तन हुन समेत आग्रह गरेका छन् ।

उनको आज विहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

यसैबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताउनु भएको छ ।

आफ्नो शरीरमा आगो लगाएको घटनालाई लिएर गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरुको आमगनले समेत युवाहरुमा उत्साह थप्न नसकेको स्वीकार गर्नुभएको छ ।

आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम भएको बताउँदै उहाँले आफूहरु जस्ता नयाँहरुको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आत्मदाहको निर्णय फेर्न नसकेको बताउनु भएको छ ।

यसमा आफूसमेत दोषी रहेको गृहमन्त्री लामिछानेको भनाइ छ । ‘म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला,’ सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री लामिछानेले लेख्नुभएको छ ।

— Rabi Lamichhane (@hamrorabi) January 25, 2023

यसैगरी पूर्वप्रधानमन्त्री एवं नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि आचार्यको आत्महत्या निकै मार्मिक भएको उल्लेख गर्नुभएको छ । उहाँले आरोप प्रत्यारोप भन्दा पनि आत्मसमीक्षा गरेर सबैले आआफ्नो ठाउॅबाट भूमिका निर्वाह गर्न समेत अनुरोध गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ– , 'यी उद्यमी युवाको आत्महत्या प्रकरण निकै मार्मिक छ।सबैले बेलैमा गम्भीरतापूर्वक लिऊॅ र उपचार खोजौं।अन्यथा युवाहरू विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्नेछ।आरोपप्रत्यारोप हैन आत्मसमीक्षा गरौं र सबैले आआफ्नो ठाउॅबाट भूमिका निर्वाह गरौं!'

— Baburam Bhattarai (@brb1954) January 25, 2023

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आचार्यको आत्महत्याले आफूहरुलाई कठघरामा उभ्याएको बताउनु भएको छ ।

उहाँले, 'प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ ! दुखी बनेर, श्रद्धाञ्जली दिएरमात्र हामीलाई उन्मुक्ति मिल्दैन ! भन्नुभएको छ ।

नीति: बदलिएर पुगेन, थिती: बसाल्दै नियती बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ 'उनको आत्मदाहको ऎनामा हाम्रो अनुहार छ 'केही भिन्न नसोची यो भिन्न बन्न सक्दैन ' उहाँले लेख्नुभएको छ ।

नीति´ बदलिएर पुगेन, थिती´ बसाल्दै नियती बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ l उनको आत्मदाहको ऎनामा हाम्रो अनुहार छ l केही भिन्न नसोची यो भिन्न बन्न सक्दैन l

— Bishwa Prakash शर्मा (@bishwaprakash77) January 25, 2023

जनतम पार्टी अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत) ले प्रेम आचार्यको आत्मदाह प्रकरणले गरेर खान चाहने सोझासाझाहरूका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको देखाएको बताउनु भएको छ ।

तारेक अल–तैयब मोहम्मद बौउजीजीको आत्महदाहले ल्याएको अरब क्रान्तिजस्तै नेपालमा क्रान्ति ल्याउने आशा गरेका हाँले आफूहरुको राजनीतिमा भएको उदयले पनि केही आश जगाउन नसक्नु दुःखद भएको बताउनु भएको छ ।

यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य भएको आरोप लगाउनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उहाँले आत्मदाहका धेरै कारण र संकेतहरु भए पनि ठूलो कारण राज्य भएको बताउनु भएको छ।

नागरिकका रुपमा, जनप्रतिनिधिका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा सबै असफल भइरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

यस्तै यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आत्मदाह गलत भए पनि आत्मदाहको अवस्थासम्म पुग्नुपर्ने अवस्थाको खोजी हुनुपर्ने बताउँदै लेख्नुभएको छ –

‘आत्मदाह गलत हो, तर आत्मदाहको अवस्थासम्म पुग्नुपर्ने अवस्थाको खोजी हुनुपर्छ। प्रेम आचार्यले उठाएका कतिपय विषयलाई सरकार, दल र समाजले यथोचित ध्यान दिनुपर्छ, सम्बोधन गर्नुपर्छ’, उहाँले भन्नुभएको छ,‘शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।’

— Kamal Thapa (@KTnepal) January 25, 2023

यसरी नै गायक राजेशपायल राईले प्रेम आचार्यले किन मृत्यु रोजे भन्दै लाखौ प्रेमहरूको सपना नतुहाउन सरकारलाई आग्रहसमेत गर्नुभएको छ ।

‘देशमा लाखौं प्रेम आचार्यहरू छन् तर दुर्भाग्य एक प्रेमले आत्मदाह गरे यो नराम्रो भयो उहाँको आत्माले शान्ति पाओस् घर, आफन्तजनलाई सहनसक्ने शक्ति देउ सुम्निमा पारूहाङ’, उहाँले लेख्नुभएको छ, ‘अब रह्यो उनीले किन मृत्‍यु रोजे यी लाखौं प्रेमहरूको सपना नतुहाउ सरकार बाँकी उनलाई न्याय मिलोस्।’

यस्तै, राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रेमले आत्मदाह गर्नु अगाडि लेखेको स्ट्याटसले राज्य नाङ्गो भएको बताउनु भएको छ । उहाँले यो गरिखान्छु भन्ने तमाम नेपालीको पीडा भएको बताउनु भएको छ ।

‘प्रेम प्रसाद आचार्यले आत्मादाह गर्नुभन्दा अगाडि लेखेको स्ट्याटसले यो राज्य ब्यवस्था नाङ्गो भएको छ। यो गरिखान्छु भन्ने तमाम नेपालीहरूको पीडा हो यो विषयलाई संसदीय समिति गठनगरि सूक्ष्म ढङ्गले अध्ययन र अनुसन्धान गरियोस्’, उहाँले लेख्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?