बराबरीमा रोकियो बायर्न म्युनिख

Read Time = 3 mins

म्युनिख । जर्मन बुण्डेसलिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिख हारबाट जोगिएको छ । घरेलु मैदानमा बायर्न एफसी कोल्नसँग एक-एक गोलको बराबरीमा रोकिएको हो । कोल्नका एलएस स्किरीले गोल गर्दा बायर्नका योसुवा किम्मिखले बराबरी गोल फर्काउनुभयो । खेलको चौथो मिनेटमा नै गोल बेहोरेको थियो । इन्जुरी समयको थप गरिएको अन्तिम समयमा योसुवा किम्मिखले डेआट उपामेकानोको पासमा गोल गर्दै बायर्नलाई हारबाट जोगाउनुभयो । यस बराबरीसँगै बायर्न १७ खेलबाट ३६ अंक जोडेर शीर्षस्थानमा यथावत् रहेको छ । कोल्न २१ अंक जोडेर १०औँ स्थानमा छ ।

बुण्डेस लिगाकै अर्काे खेलमा आरबी लाइप्जिगले साल्केलाई छ-एकले पराजित गर्दै शीर्षस्थानको बायर्नसँगको अंक दूरी छोट्याएको छ । लाइप्जिगको जितमा आन्द्रे सिल्भाले दुई तथा बेन्जामिन हेनरिच, टिमो वेर्नर, ड्यानी ओल्मो र युसुफ पल्सेनले समान एक गोल गर्नुभयो । साल्केका सोइचिरो कोजुकीले एक गोल फर्काउनुभयो । यस जितसँगै लाइप्जिग १७ खेलबाट ३२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित साल्के नौ अंक जोडेर पुछारमा छ ।

यता, इटालियन सिरी ‘ए’ को शीर्ष दौडमा रहेको एसी मिलानले ४-० को लज्जास्पद हार बेहो¥यो । लाजियोको जितमा सेर्गेज मिलिन्कोभिच साभिक, माटिया जाकाग्नी, लुइस अल्बर्टाे र फिलिप एन्डरसनले गोल गर्नुभयो ।

यस जितसँगै लाजियो १९ खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । समान ३७ अंक नै रहे पनि इन्टर मिलान र रोमा गोलअन्तरमा चौथो र पाँचौँ स्थानमा छन् । पराजित मिलान ३८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?