मुम्बई । अभिनेत्री उर्फी जावेद आफ्नो ‘फेसन सेन्स’ र फरक ‘आउटफिट’का कारण चर्चामा रहने गर्नुहुन्छ । उहाँ आफ्नो असामान्य लुगाका कारण धेरैपटक ‘ट्रोल’ पनि हुनुभएको छ । तर, उर्फीले यस्ता कुराको वेवास्ता गर्दै इन्स्टाग्राममा नयाँ-नयाँ पोष्ट गर्नुहुन्छ ।
सधैं चर्चामा रहने उर्फीले यतिबेल भने आफू बस्ने घर नपाएको भन्दै ट्वीट गर्नुभएको छ । बस्ने घर नपाउनुमा उहाँले आफ्नो पहिरन सेन्सलाई उल्लेख गर्नुभएको छ । ‘मुस्लिम घर मालिकहरू मेरो पहिरन शैलीका कारण घर दिन मानेका छैनन् । त्यस्तै हिन्दू मालिकहरू मलाई मुस्लिम भएको भन्दै घर दिन मानिरहेका छैनन् । केहीले भने मलाई आइरहने राजनीतिक धम्कीका कारण घर दिन मानिरहेका छैनन्’, उहाँले ट्वीट गर्नुभएको छ ।
उर्फी प्रायः आफ्नो पहरिनका चर्चामा आइरहनुहुन्छ । अहिले बस्नका लागि घर खोजिरहनुभएकी उर्फीलाई त्यही पहिरन समस्या बनेको छ । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका