राष्ट्रिय योजनामा सुनचाँदी पनि समेट्न आग्रह

Read Time = 2 mins

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले राष्ट्रिय योजनामा सुनचाँदीका विषय समावेश गर्न आग्रह गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग भेट गरी सुनचाँदीका विषय मुलुकको पञ्चवर्षीय योजनामा समावेश गर्न आग्रह गरेको हो ।

सो अवसरमा उपाध्यक्ष श्रेष्ठले महासंघले अघि सारेका सुन उत्खनन्, निकासी-पैठारी, ओसारपसार, कालीगढ व्यवस्थापन र तालिमलगायतका विषय सम्बोधन गर्न आयोगले आफ्नातर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । महासंघका अध्यक्ष शाक्यले सुनचाँदी व्यवसायका समस्या र समाधानका विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

सुन कारोबार नीति अभाव रहेको भन्दै उहाँले सुुनचाँदीलाई मुलुकको योजनामा समावेश गर्न सके राज्य र व्यवसायी सबैलाई फाइदा हुने दाबी गर्नुभयो । सो अवसरमा महासंघ उपाध्यक्ष दियसरत्न शाक्य, महासचिव धर्मसुन्दर बज्राचार्य, सह-कोषाध्यक्ष पद्मसुन्दर शाक्यलगायतको उपस्थिति रहेको महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?