हिमालयन बैंकद्वारा स्वास्थ्य शिविर

Read Time = 1 min

काठमाडौं । हिमालयन बैंकले ३०औँ वार्षिकोत्सवका अवसरमा निःशुल्क आँखा परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । नेत्रधाम फाउण्डेसनसँगको सहकार्यमा माछापुच्छ्रे गाउँपालिका १ स्थित माछापुच्छ्रे स्वास्थ्यचौकी कास्कीमा निःशुल्क आँखा परीक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय कमलादीमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

डा. सन्यम बजिमय र फाउण्डेसनको सहकार्यमा माघ ४ गतेदेखि ६ गतेसम्म निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन भएको बताइएको छ । तीनदिने शिविरमा माछापुच्छ्रे गाउँपालिकाका जम्मा तीन सय ९० जनाले निःशुल्क आँखा परीक्षणका साथै २६ जनाले निःशुल्क मोतीबिन्दु र जलबिन्दुको शल्यक्रियाको लाभ लिएका थिए ।

त्यस्तै, रक्तदान कार्यक्रममा दुई सयभन्दा बढी कर्मचारीको उपस्थिति रहेकोमा करिब एक सयजनाले रक्तदान गरी सहभागिता जनाएको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?