काठमाडौं । एनआइसी एसिया बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच सम्झौता भएको छ । सम्झौतामा बैंकका चिफ लाइफ स्टाइल बैंकिङ युनिभर्स श्यामप्रसाद लामिछाने र सेन्टरका अध्यक्ष प्राडा अञ्जनीकुमार झाले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवामा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकमा खाता सञ्चालन भई मोबाइल बैंकिङ डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहक एवं बैंकका कर्मचारीले उक्त सुविधा पाउने बैंकले जनाएको छ । बैंकको मोबाइल बैंकिङ एप तथा कार्ड प्रयोगकर्ताले थ्रिडी सिआरटी, आइएमआरटी, भिएमएटी, पल्लिएटिभ केयर र टिभिआई उपचारमा पाँच प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् भने बैंकका कर्मचारीले उपचारमा थप एक प्रतिशत र अन्य जुनसुकै सेवामा थप दुई प्रतिशत छुट पाउने बताइएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको