रोजगारीको सुनिश्चिततासहित तालिम

Read Time = 1 min

भक्तपुर । भक्तपुरमा रोजगारीको सुनिश्चिततासहितको निःशुल्क तालिम सञ्चालन हुने भएको छ । इको प्यानल जडानसम्बन्धी दुईदिने निःशुल्क तालिम सञ्चालन हुन लागेको हो । नेपाल इको प्यानल प्रालिले सञ्चालन गर्ने तालिम माघ १९ र २० गते हुने कम्पनीले जनाएको छ ।

इको प्यानल नेपाल प्रालिका जनरल म्यानेजर विक्रम गोसाईंले दुई दिनको तालिमपछि नै इको प्यानल जडान गर्न सकिने र जडान गर्न जानेपछि रोजगारी सुनिश्चित हुने बताउनुभयो । तालिम लिन इच्छुकले कम्पनीको कर्पाेरेट कार्यालयमा सम्पर्क राख्न सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?