काठमाडौं । कीर्ते बिल बनाएर रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहनबहादुर बुढाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । होटलका सञ्चचालकसँग खाली बिल मागेर त्यसमा कीर्ते बिल भरपाई तयार गरी लेखा अधिकृत बुढाले दुई लाख ६२ हजार ५०२ रुपैयाँ भुक्तानी दिएको अख्तियारले जनाएको छ ।
होटलमा कार्यक्रम गरेको भनिएपनि बिलमा उल्लेख भएको मिति र कार्यक्रममा उपस्थित मानिसको संख्या फरक परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । अख्तियारले न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल रामजाली विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
होटल सञ्चालकले खाली बिलहरूमा छाप लगाई पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत बुढालाई दिएको र उनीबाट दुई लाख ६२ हजार ५०२ भुक्तानी पनि लिएको अख्तियारले जनाएको छ ।
पञ्चपुरी नगरपालिकाका अधिकृत छैटौं लालबहादुर सुवेदी र तुलसी केसीले लेखा झुटा बिल भर्पाइ बनाएर लेखा अधिकृत बुढालाई रकम भुक्तानी गर्न सहयोग गरेको भन्दै भ्रष्टाचार मुद्दामा मतियार भनी मुद्दा दर्ता गरेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका