काठमाडौ । बिहिबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ २५ पैसा र बिक्रीदर १३० रुपैयाँ ८५ पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा यसको मूल्य २१ पैसा घटेको हो ।
यसअघि बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ४६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६ पैसा तोकिएको थियो ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ७० पैसा र बिक्रीमा १४२ रुपैयाँ ३५ पैसा रहेकाे छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ३२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६ पैसा तोकिएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर ७९ पैसाले वृद्धि भएको छ । यसको खरिददर आज ९२ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९२ रुपैयाँ ७७ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८३ पैसा कायम रहेको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसामा कारोबार भइरहेको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा तोकेको छ ।
युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६२ पैसा तोकीएको छ । मलेसियन रिंगिट एकको खरिदमा बिहिबार ३० रुपैयाँ ५६ पैसा र बिक्रीमा ३० रुपैयाँ ७१ पैसा रहेकाे छ ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ५९ पैसामा कारोबार भैरहेको छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ८ पैसा तोकिएको राष्ट्र बैंकको विवरणमा उल्लेख गरीएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच