कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसले यही माघ १५ गतेका लागि निर्धारण गरेको केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवस स्थगित गरेको छ ।

निर्धारित केन्द्रीय समितिको बैठक विशेष कारणवस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पटक पटक मिति सर्दै आएको केन्द्रीय कार्यसमितिको बैठक फेरि पनि अनिश्चितकालका लागि स्थगित भएको छ ।  यसअघि पुस २२ मा बोलाइएको बैठक २८ हुँदै माघ १५ का लागि मिति सारिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?