विकास र प्रशासनिक कामलाई तीव्रता दिने मन्त्री श्रेष्ठको प्रतिवद्धता

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 2 mins

सिन्धुली । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठ गृह जिल्ला सिन्धुली आउनु भएको छ । मन्त्री भएपछि उहाँ पहिलो पटक गृहजिल्ला आउनु भएको हो । जिल्लाले उहाँलाई सिन्धुली क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित गराएर पठाएको थियो ।

मन्त्री भएर जिल्लामा आएपछि बिहिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोे पार्टी कार्यालयमा प्रेस संगठनले आयोजना गरेको भेटघाट कार्यक्रममा नेता, कार्यकर्ता तथा पत्रकारहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले बागमती प्रदेशमा रहेका १३ वटै जिल्लाका सबै विकास र प्रशासनीक कामहरुलाई तिव्रता दिईने बताउनुभयो ।

‘१४ वटा मन्त्रालयलाई घटाएर ११ वटा बनाएका छौँ । सबै मन्त्रालयले पूर्णता पाएर मन्त्रीहरुले पदभार गरिसक्नुभएको छ । अब छिटोभन्दा छिटो मन्त्री परिषदको बैठक बसेर बागमती प्रदेशमा रहेका १३ वटै जिल्लाका सबै विकास र प्रशासनीक कामहरुलाई तिव्रता दिइने छौँ,’ उहाँले भन्नुभयो ।

सिन्धुली आफ्नो गृह जिल्ला र आफू यसै जिल्लाबाट निर्वाचित भएकाले आफ्नो प्राथामिकतामा पर्ने उहाँको भनाई छ । पन्चायत, जनयुद्धको आन्दोलन र राजनैतिक रुपमा ठूलो बलिदान र योगदान दिएको यो जिल्ला बत्ति मुनीको अध्यारो भएको गुनासो आइरहेको बताउनुहुँदै अब यो गुनासो गर्न नदिने गरि काम गर्ने उहाँको प्रतिवद्धता छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?