धावन मार्गको हिउँ पन्छाएर जुम्ला विमानस्थलको हवाईसेवा संचालन

विमानस्थलमा जमेको हिउँ पन्छाउँदै नेपाली सेना सहित सुरक्षा निकाय । तस्बिर : विजय रावत, जुम्ला ।

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्ला लगायत माथिल्लो कर्णालीमा मंगलवारदेखी आएको लगातार दुईदिनको हिमपातले बन्द भएको हवाईसेवा बिहीबारबाट जुम्ला बिमानस्थलबाट हवाईसेवा संचालनमा आएको छ ।

सो हिमपातले धावन मार्गमा हिउँ जमेपछि अवरुद्ध भएको हवाईसेवा बिहीबार मौसम सफा भएपछि नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र बलले बिमानस्थलको हिउँ हटाएपछि नेपालगंजबाट तारा र समिटले जुम्लाका लागि पहिलो उडान गरेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त कार्यालय प्रमुख राजिव श्रेष्ठले जानकारी दिनुभयो ।

मंगलवार र वुधवार परेको हिउँले बिमानस्थलको धावन मार्गमा हिउँ जमेपछि हवाई सेवा ठप्प भएको थियो । निमित्त कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो, ‘आजका लागि दुई मात्र उडान रहेको छ ।’ सुरक्षाका निकायले धावन मार्गको पुरैहिउँ पन्छाएपछि हवाईसेवा संचालनमा आएको श्रेष्ठको भनाइ छ ।

बिमानस्थल भित्रको धावनमार्गमा जमेको हिउँ फालेपछि जुम्लाका लागि हवाईसेवा संचालनमा आएको नेपाली सेना नन्दबक्स गण जुम्लाका गणपति रविन थापाले बताउनुभयो । धावन मार्गमा हिउँ जमेपछि विहानैदेखि नेपालीसेना, शशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा जमेको हिउँ हटाएको जुम्ला विमानस्थलले जनाएको छ ।

हवाइसेवा बन्द हुदाँ नेपालगंजबाट जुम्ला आउने यात्रुहरु अलपत्रमा परेका थियो । कर्णाली राजमार्गको राचुलीमा पहिरो गएपछि सडक बन्द हुँदा जहाजबाट आउने जानेको चाप बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?