बाजुरा । बाजुरामा भुकुम्प गएको तीनदिन बितिसक्दा पनि भूकम्प पीडितको उद्धार र क्षतिको एकिन बिवरण संकलन गर्न सकिएको छैन । जसका कारण भूकम्प पीडितहरु थप मर्कामा परेका छन् ।
बाजुराको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रविन्दु भएर मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ रेक्टर स्केलको भूकम्पका कारण बाजुराको गौमुल गाउँपालिका वडा नम्वर— २ की ३२ वर्षीया जमुना रोकायाको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भयो भने सोही गाउँपालिकाकै वडा नम्वर— १ का ३५ वर्षका राजदल बोहरा, बडीमालिका नगरपालिका २ की— ४५ वर्षीया चन्दा महत र हिमाली गाउँपालिकाकी सरिता नेपाली घाईते भएकी थिइन् । सोही दिन भूकम्पकै कारण गौमुलमा ३५ वटा पशुचौपाया समेत मरे ।
भूकम्प गएको तीनदिन बित्न लाग्दा समेत स्थानीय प्रशासनले पिडीतहरुलाई राहत तथा उद्धार र क्षतिको एकिन बिवरण संकलन गर्न नसक्दा पीडितहरुको त्रिपालमूनिको बास भएको छ । केही विस्थापित परिवार भने मन्दिर तथा आफन्तहरुको घरमा आश्रय लिएर बसिरहेका छन् ।
बडीमालिका नगरपालिका— ९ अनाइकी परु चँदारा र सुना चदाँराको परिवार भने भूकम्पका कारण विस्थापित भएका छन् । उनीहरु त्रिपाल टाँगेर खुलाआकासमूनी बसिरहेका छन् । चदाँराको अन्य ठाउँमा बस्ने घर छैन । अहिले उहाँको परिवार राहतको पर्खाइमा छ ।
भूकम्पका कारण अहिलेसम्म सयौँ घरहरु विस्तापित बनेका छन् । भूकम्पको केन्द्रविन्दु रहेको विच्छ्यामा अहिलेसम्म के कति क्षति भयो त्यस्को कुनै जानकारी आएको छैन । बाजुरा जिल्ला भौगोलिक रुपमा विकट भएकाले क्षतिको विवरण संकलन र राहत तथा उद्धार कार्य गर्न नसकिएको जिल्ला भर उद्धारका लागि टोली खटाइएको जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले बताएको छ ।
भूकम्प पीडितलाई तत्काललाई राहत र अस्थायी बसाई व्यवस्थापनको लागि स्थानीय सरकारले समेत खाद्यान्न, त्रिपाल लुगा कपडा भाँडाकुँडाको व्यवस्थापन गर्न सकेको छैन ।
बाजुराका ९ मध्ये ८ वटा पालिकाका सयौँ घरपरिवार भूकम्पबाट प्रभावित छन् । हिउँदको चिसो समय भएकाले पीडीतहरु थप समस्यामा परेका छन् । भूकम्प पीडित भन्छन् घरभित्र बस्न नसकिने भयो अव कहाँ गएर बस्ने हो चिन्तामा छौँ । भूकम्पका कारण सवै भन्दा बढी बडीमालिका नगरपालिका, हिमाली र गौमुल गाउँपालिकामा ६० वटा घर पूर्णरुपमा क्षति भएको छ भने ती घरमा बस्ने सवै आफन्तको सहारामा त्रिपालमुनीको बास भइरहेको छ । त्यस्तै आंशिक रुपमा ५९ र सामान्य १ सय ३ घरमा क्षती भएको छ । सरकारी भवन ५ वटामा क्षति पुगेको छ । कारागार सुरक्षा गार्डको व्यारेक, प्रहरी चौकी विच्छ्या, प्रहरी चौकी कुन्नाको भवनहरु समेत जोखिम अवस्थामा रहेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच