कराँते महासंघको नेतृत्वमा लामा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कराँतेका संस्थापकमध्येका एक युवराज लामाको अध्यक्षतामा नेपाल कराँते महासंघ केन्द्रीय कार्यसमितिको तदर्थ समिति बिहीबार गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य-सचिवसमेत रहनुभएका लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको हो ।

अघिल्लो तदर्थ समितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहनुभएका दावा गुरुङ सह-अध्यक्ष बन्नुभएको छ । उपाध्यक्षमा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिशरण केसी, सह-महासचिवमा ओमकृष्ण प्रसाईं, सचिवमा श्याम शेर्पा र विआर मित्र तथा कोषाध्यक्षमा सानुलाल श्रेष्ठ रहनुभएको छ ।

सदस्यमा राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायणबहादुर मगर, यादव काफ्ले, ध्वजमान मोक्तान, निवासगोपाल वैद्य, ध्रुवविक्रम मल्ल, तारा वली, दुर्गागौतम परियार, रवि महर्जन, डोल्मा लामा शाह र किशोरप्रसाद भट्टराई रहनुभएको छ ।

उहाँहरूलाई राखेपका सदस्य-सचिव टंकलाल घिसिङले बिहीबार नै एक कार्यक्रमबीच मनोनयन पत्र हस्तान्तरण गर्नुभयो । महासंघले तीन महिनाभित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराई साधारण सभा तथा निर्वाचन गर्नुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?