पिछडिएको क्षेत्रबाट मन्त्री बनेको खुशीयालीमा कार्यकर्ताले गरे दीप प्रज्वलन

Read Time = 3 mins

-नृपेन्द्रबहादुर मल्ल
मुगु । मुगुबाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित आफ्ना सांसद मन्त्री भएको खुशीयालीमा कार्यकर्ताहरुले दीप प्रज्वलन गरेका छन् ।

बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सरकार विस्तार गर्दा मुगु जिल्ला प्रदेश १ बाट निर्वाचित जितबहादुर मल्ललाई मन्त्री बनाउनु भएको थियो ।

विहिबार साँझ नेकपा एमालेका जिल्ला कार्यकर्ता तथा स्थानीयले खुशीयाली स्वरुप जिल्ला सदरमुकाम गमगढीमा दीप प्रज्वलन गरेका हुन् ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष समेत रहनुभएका सांसद मल्ल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त हुनु भएको छ । मन्त्री बनेपछि एमाले छायाँनाथ रारा नगरपालिका नगर कमिटीको आयोजनामा एमाले कार्यकर्ताहरुले दीप प्रज्वलन गरेका हुन् ।

साे कार्यक्रममा बोल्दै एमाले मुगुका सचिव डबलबहादुर रोकायाले दुर्गम पिछडिएको क्षेत्रका कार्यकर्ताहरुको मतलाई सम्मान गर्दै पार्टीले प्रदेशमन्त्री बनाएको भन्दै खुशी व्यक्त गर्नुभयाे ।

उहाँले निर्वाचनमा उठ्दा एमाले भएपनि अब सबैको साझा भएकाले साेही अनुसार मन्त्री अवधीभर जिल्लामा दीर्घकालिन छाप पार्ने खालका विकासका काम गर्न नवनियुक्त मन्त्री मल्ललाई सुझाव दिनुभयाे ।

कर्णालीका  मुख्यमन्त्री शर्माले सत्ता गठबन्धन रहेको एमालेबाट ३ जना र नेकपा माओवादी केन्द्रबाट १ राज्यमन्त्री ३ मन्त्री नियुक्त गर्नु भएको थियो ।

मुगुबाट प्रदेशसभामा प्रतिनिधत्व गर्नुहुने एमालेबाट निर्वाचित मल्ल सहित माओवादीबाट निर्वाचित मंगलबहादुर शाही भौतिक, पुर्वाधार,उर्जा तथा जलस्रोत मन्त्री बन्नु भएको छ ।

दुर्गम जिल्ला मुगुबाट एकै चोटी २ मन्त्रालयका मन्त्री बनेपछि  जिल्लामा उद्योग, वन, वातावरण, पर्यटन, भौतिक पुर्वाधार, उर्जा र जलस्रोत क्षेत्रमा गुणात्मक, दीर्घकालिन प्रभाव पार्ने , जनताको जनजिविकामा प्रभाव पार्ने खालका विकास हुने विश्वास मुगाली जनताले लिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?