मेयर बालेन्द्रद्वारा स्केटबोर्ड खेलाडी टोलीको बिदाइ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आगामी जनवरी २९ देखि फेब्रुअरी १२ सम्म युएईको सारजाहामा आयोजना हुने विश्व स्केटबोर्ड च्याम्पियनसिप प्रतियोगितामा भाग लिन जाने खेलाडी टोलीको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले एक कार्यक्रमबीच बिदाइ गर्नुभएको छ । बिदाइक्रममा मेयर साहले साहसिक खेलका माध्यमबाट देशको पर्यटन क्षेत्रमा ठूलो योगदान रहने हुँदा यस्ता प्रकारका खेललाई पर्यटकीय खेलका रूपमा प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

यस प्रतियोगितामा भाग लिने खेलाडीहरूमा पाँचौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपमा विजेता तथा उपविजेताहरू रहेका छन् । जसअन्तर्गत दुई महिला र दुई पुरुष खेलाडी छन् । पुरुषतर्फ गजेन्द्र बर्देवा र वसन्त राई हुनुहुन्छ भने महिलातर्फ समीक्षा राई र पेम्बा श्रेष्ठ हुनुहुन्छ ।

त्यस्तै, टिम म्यानेजर अजय सारु र प्रशिक्षक उज्ज्वल डंगोल रहेको संघका अध्यक्ष अच्युत खनालले जानकारी दिनुभयो । आगामी २०२४ मा ओलम्पिक क्वालिफाइङ प्रतियोगिता पनि हुने भएकाले यस प्रतियोगितालाई महत्वका साथ लिइएको छ । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेलप्रति रुचि राख्ने धेरै पुस्ता हुँदा-हुँदै पनि खेलस्थल अभावका कारण पछाडि परिरहेको सन्दर्भमा यस खेलको उचित र वैज्ञानिक प्रवद्र्धनका लागि संघले स्थापनाकालदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा विविध कार्यक्रम गर्दै आइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?