खानेपानी र ऊर्जासम्बन्धी कार्यशाला हुने

Read Time = 2 mins

काठमाडौं । नेपालमा पनि ऊर्जा र खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै प्रविधिमार्फत् थप परिस्कृत गर्न एक कार्यशाला आयोजना हुने भएको छ । शहरी सेवाका चुनौतीलाई ध्यानमा राख्दै जिएसएमए डिजिटल उपयोगिता कार्यक्रम, दियालो टेक्नोलोजिज, घाम पावरको सहकार्यमा नेपालमा शहरी खानेपानी तथा ऊर्जा सेवा स्तरीकरण विषयक कार्यशाला माघ २४ गते आयोजना हुने भएको हो ।

विगत केही दशकमा नेपालमा पनि तीव्र शहरीकरणको अनुभव गरिरहका बेला यसका नकारात्मक प्रभावका रूपमा खानेपानी र ऊर्जा जस्ता अत्यावश्यक सेवा प्रवाहमा विभिन्न समस्या देखिएका छन् । युनिसेफ तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार नेपालको शहरी जनसंख्याको २५ प्रतिशतमा मात्र सुरक्षितरूपमा व्यवस्थित खानेपानी सेवा पहुँचमा छ ।

नेपालको ९४ प्रतिशत शहरी जनसंख्याको विद्युत्मा पहुँच छ भने ७२ प्रतिशत जनसंख्यामा मात्र भरपर्दो, किफायती र निर्बाध विद्युत्को पहुँचमा छ । कार्यशाला शहरी ऊर्जा र खानेपानी सेवामा सर्वसाधारणको पहुँचलाई किफायती, भरपर्दो, सुरक्षित र दिगो बनाउने चुनौतीमा केन्द्रित रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपालका खानेपानी तथा ऊर्जा विभागका २० भन्दा बढी सरकारी अधिकारीहरू, जल तथा ऊर्जा क्षेत्रमा काम गर्ने संस्था र जिएसएमएले सहयोग गरेका संस्था सहभागी हुनेछन् भने दियालो, घाम पावर तथा इसेवा, जियो कृषि र प्राक्टिकल एक्सनलगायतका संस्थाको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?