काठमाडौं । सनराइज बैंकले कुशल नामक चेतनामूलक भिडियो बनाएर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई हस्तान्तरण गरेको छ । बैंकले हाल समाजमा देखिएका घटनालाई उदाहरण बनाई बैंकिङ र डिजिटल बैंकिङमा अपनाउनुपर्ने सावधानी समेटेर भिडियो बनाएको हो ।
बुधबार एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीलाई उक्त भिडियो हस्तान्तरण गर्नुभएको हो ।
भिडियोमा हाल समाजमा देखिएका घटनालाई उदाहरण बनाई विभिन्न बैंकिङ सुरक्षासम्बन्धी चेतनामूलक जानकारी, घटना र कथामार्फत् प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृतले बताउनुभएको छ । भिडियो प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत देशैभर पुर्याउने भएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका