शहीद सप्ताहको सन्दर्भमा : शहीदका सपना, कसरी हुन्छन् विपना !

बद्रीप्रसाद दाहाल
Read Time = 16 mins

शहीद त्यस्ता क्रान्तिकारी ज्योति हुन् जसले देश र जनताको अस्तित्व र हितको लागि अलौकिक उदारता तथा अदम्य साहसी पुरुषार्थलाई छताछुल्ल पार्दछन् । देशभित्र विद्यमान जनउत्पीडनकारी एवं विभेदकारी तानासाहको दमदमीसित छाती खोलेर लडी समानता र स्वतन्त्रता प्रदान गरी नमुना आदर्श इतिहासको अंकन गर्दछन् । त्यसैगरी विदेशी साम्राज्यवादीका हरकत, उपनिवेशादी र विस्तारवादीका पेलाइविरुद्ध संग्रामवीरहरू महायोद्धा बनेर राष्ट्रिय अखण्डता, जनसार्वभौम सत्ताको रक्षार्थ देशप्रेमले अभिभूूत हुँदै प्राणको बाजी पनि लगाउन तयार हुन्छन् ।

राष्ट्रप्रेममा मुखर हुँदै सभ्यताको जननी संस्कृतिको सम्मान गरेर आफ्ना मौलिक कला, सीप तथा स्वस्थ परम्परालाई सुुरक्षित राख्छन् । यसरी देशभक्तिले परिपूूर्ण देशका सपूत, युुद्धवीर, शहीद, वा संग्रामवीरहरूले राष्ट्रभित्रका अधिनायकवादी तागत र विदेशी साम्राज्यवादका थरीथरीका उत्पीडकलाई धूूलीसात गरेको गौरवमय अतीत र वर्तमानसित सबै हामी जनता साक्षात्कार छौँ ।

नेपालमा शहीदहरूको इतिहासको उत्खनन अझै सच्चा रूपमा खोज्ने काम भएको छैन । अभिलेखमा भेटिएअनुसार नेपालको प्रथम शहीद भनेर लखन थापामगरलाई मानिन्छ । विसं १८९१ मा काउले बुुङ्कोट गोरखामा जुुम्ल्याहा भाइको रूपमा जन्मिएका थिए । त्यसैले नेपाली चलनअनुसार दाजुभाइको नाम रामलक्ष्मण राखिएको हुुँदा लक्ष्मणभन्दा भन्दै उनलाई ‘लखन’ भन्न थलियो । १९ वर्षकै उमेरमा सैनिक सेवामा लागेका यिनले चौध वर्षसम्म सेवा गरी सैनिकको कप्तान बन्न पुुगेका थिए । जंगबहादुरको पारिवारिक शासनमा राणाबाहेक अरूलाई जर्नेल दिने चलन थिएन । त्यसैले वीर, साहसी र रणकौशलमा दक्ष उनको मूूल्यांकन नभएकोले उदास एवं कुण्ठित भएर जागिर राजीनामा दिई आफ्नै जन्मथान गई बस्न लागे ।

१९९३ जेठ २२ गते टंकप्रसाद आचार्यको नायकत्वमा दशरथ चन्द, धर्मभक्त माथेमा, आदिबाट प्रजापरिषद्को स्थापना हुनपुुग्यो । त्यसका अन्य सदस्यहरूमा गणेशमान सिंह, हरिकृष्ण श्रेष्ठ, जीवराज शर्मा, चन्द्रमान, बझाङका राजा जयपृथ्वीबहादुर सिंह, गंगाल आदिले यसमार्फत विभिन्न प्रकृतिका आन्दोलन राणाविरुद्ध चलाए ।

राणाविरुद्धको घृणाले उनलाई विस्तारै विद्रोही बनायो । अनि जंगेको निरंकुुश शासन हटाउन मनकामना माताले मलाई सपना भएको छ- ‘तिमीले नेपाल आमालाई पापको बोझबाट पार लाउन पर्छ’ भनी मलाई मनकामना देवीले वरदान दिएकी हुँदा अब सैनिक योद्धाहरू संगठित गरी जंगेको एकछत्र शासन भंग गर्न सबैले सहयोग गर्नुु होला भनी जनतासित आहृवान गरे । आफ्नो कमानमा दुुई दर्जन जति पूूर्वसैनिकहरू जम्मा गरी तालिम, प्रशिक्षण र हातहतियार उत्पादनसमेत गरेका थिए । यो गुुप्ती कुरो तत्कालीन गुुप्तचरले जंगेमा जाहेर गरेपछि लगत्तै उनीहरूलाई सरकारी फौजबाट दमन गरियो । लखनलाई मनकामना मन्दिर परिसरकै रूखमा विसं १९२३ फागुन २ गते झुुण्ड्याएर फाँसी दिइयो ।

त्यसैगरी नेपालका अर्का प्रथम साहित्यिक शहीद रामेछापका सुुब्बा कृष्णलाल अधिकारी थिए । विसं १९४४ माघ २४ मा जन्मेका यिनी नेपालको कलमे क्रान्तिका अगुवाको रूपमा चिनिन्छन् । ‘मकैको खेती’ भन्ने ग्रन्थ लेखे भनेर गिरफ्तार गरी विसं १९७७ मा नौ वर्षको कडा सजाय दिई जेल ठोसे । यो घटनालाई नेपालको इतिहासमा ‘मकैपर्व’ भनेर पुकारिन्छ । मकै खाने किराहरूको वर्णन गर्दा कविले राता टाउके किरा र काला टाउके किराहरूको बदमासी सो पुस्तकमा लेखेका थिए ।
त्यसलाई रातो टाउके र कालो टाउके किरा भनेको राणाशासक चन्द्रशमशेर जो रातो टोप र भीमशमशेर कालो टोप शिरमा लगाउँथे तिनीहरू माथिको कडा व्यंग्य हो भनी केही भाटले राणाहरूलाई कुरा लाएपछि उनीहरू जंगिएर हामीलाई प्रतीक र बिम्बमा कीरा भनेर उपहास गर्ने भनी जेलको कालकोठरीमा जाके । उनको त्यही जेलभित्रै विसं १९८० मा मृत्युु भयो ।

यस क्रममा अर्का कवि लक्ष्मीनन्दन चालिसे पनि आफूले परीक्षा दिने क्रममा उत्तरपुस्तिकामा राणाहरूको एकाधिकारबाट दिक्क भई ‘नपुुंसक राणा’ लेखेछन् । त्यतिबेलाका जाँचकले त्यो कुरा श्री ३ समक्ष जाहेर गरेपछि उनलाई पनि जेलयात्रा गराए । उनको पनि त्यहीँ मृत्यु भयो । एकतन्त्रीय जहानियाँ राणा शासनको समयमा वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता र मौलिक हक सबै बन्देज थिए । त्यस्तो संगीन समयमा पनि अधिकारी र चालिसेले मध्ययुुगीन युरोपका दाँते एलिघरी प्रभृत्तिले चलाएको बौद्धिक आन्दोलन बिर्साउने गरी लेखकीय क्रान्तिको जग तयार गरिदिनु लर्तरो कुरा होइन ।

राणाहरूकै लिंगभेद, जातिभेद, धार्मिक अन्धता र हुकुमी सत्तालाई ललकार्दै भारतीय स्वतन्त्रता संग्रामकी सरोजिनी नायडूभन्दा पनि चर्को क्रान्किारी अवतार लिएर महिला अधिकारकर्मी र आशुुकवयत्रीको रूपमा उभिन सफल भइन् भोजपुरकी योगमाया न्यौपाने । वीरांगना योगमायाकै नायकत्वमा आत्मदाह गर्न तम्सेका र अरुण नदीमा ६७ जना महिला समूूहले जलसमाधि लिएका थिए । साहसका प्रतिमूर्ति मातृशक्तिहरूको बलिदान शहीदकै हाराहारीमा नेपालको इतिहासमा चर्चित तथा अविस्मरणीय प्रेरणास्रोत बनेर रहेको छ ।

यसैगरी प्रचण्ड गोर्खा दलका खड्गमान सिंह विसं १९८३ मा भारत गएर गान्धीलाई भेटी राणाविरुद्ध उत्रने प्रथम नेपाली थिए । उनी सगर्व भन्थे, ‘अनधिकारी र स्वेच्छाचारी राणाशासनविरुद्ध विरोधमा उत्रने म नेपालको प्रथम व्यक्ति हुुँ ।’ यही कडा विरोध देखेपछि राणाहरूले बीस वर्ष मान्छे थुन्ने पिँजडामा (जहाँ उभिन पनि नसक्ने, खुट्टा पसारेर सुत्न पनि नमिल्ने थियो) त्यस्तोमा २० वर्ष बन्दी भएर कुँजिन तयार हुनुु भनेको कम त्याग होइन ।

माफी मागभन्दा उनी कत्ति पनि झुकेनन् बरू म मर्न तयार छु भनेर कड्किए । २४ वर्षको नौजवान हुुँदा पिँजडाबास गरेका उनी ४४ वर्षको हुँदा जेलबाट छुटे । त्यो समय उनलाई पुुष्पगुच्छा दिई स्वागत गर्न हजारौँ राजनीतिज्ञ, बुुद्धिजीवी साहूूमहाजन र युवासमूूहको ठूलो संख्या थियो । जसमा ने.का.का सन्तनेता केपी भट्टराई तीन घण्टा लाइनमा बसेर खड्गमानको स्वागत गरेको कुरा बताउनुु हुुन्थ्यो ।

यही क्रममा १९९३ जेठ २२ गते टंकप्रसाद आचार्यको नायकत्वमा दशरथ चन्द, धर्मभक्त माथेमा, आदिबाट प्रजापरिषद्को स्थापना हुनपुुग्यो । त्यसका अन्य सदस्यहरूमा गणेशमान सिंह, हरिकृष्ण श्रेष्ठ, जीवराज शर्मा, चन्द्रमान, बझाङका राजा जयपृथ्वीबहादुर सिंह, गंगाल आदिले यसमार्फत विभिन्न प्रकृतिका आन्दोलन राणाविरूद्ध चलाए । यो संस्थाभन्दा अघि शुक्रराज शास्त्रीले आफ्नो अध्यक्षतामा ‘नागरिक अधिकार समिति’ भन्ने संस्थामार्फत राणाविरोधी बौद्धिक चेतनाको सञ्चार गरेका थिए ।

अन्य कतिपय भारतमा अध्यनरत नेपाली नवयुवाहरू भारतीय स्वतन्त्रता संग्रामका नायकहरूको अंग्रेजविरुद्ध भारत छोडो भन्ने आन्दोलबाट पनि प्रभावित भएर आआफ्नो क्षेत्रबाट नेपालको राणाविरोधी आन्दोलनलाई सघाइरहेका थिए । आफूहरूको शासन धराशयी बनाउने डरले तत्कालीन राणा शासकहरूले आन्दोनकारीसित कडा रबैया अपनायो । विसं १९९७ माघ १० गते जनतालाई आन्दोलनमा उक्साएको भनी टेकुुको खरीको रूखमा गीता एवं उपनिषद्का व्याख्याता नेपाल आमाका होनहार सपूत शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारियो । लगत्तै माघ १३ गते सिफलको एक रूखमा धर्मभक्त माथेमालाई फाँसी दिइयो भने माघ १५ गते शोभा भगवतीमा दशरथ चन्द र गंगालाललाई गोलीले उडाइयो ।

राणाहरूको एकछत्र परिवारिक निरंकुशता हटाउँदै नेपालमा लोकतन्त्रको दीप प्रज्ज्वलन गर्ने काम विसं २००७ मा सम्पन्न भयो । संसदीय अभ्यासमा देशलाई यात्रा गराउने प्रयासमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र अन्य विभिन्न दल सक्रिय भई २०१५ सालमा नेपालमा संसदीय निर्वाचन सम्पन्न भयो ।

यसरी राणाहरूको एकछत्र परिवारिक निरंकुशता हटाउँदै नेपालमा लोकतन्त्रको दीप प्रज्ज्वलन गर्ने काम विसं २००७ मा सम्पन्न भयो । संसदीय अभ्यासमा देशलाई यात्रा गराउने प्रयासमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र अन्य विभिन्न दलहरू सक्रिय भई २०१५ सालमा नेपालमा संसदीय निर्वाचन सम्पन्न भयो । जहाँ ने.कां.ले दुई तिहाइ बहुमत प्राप्त गरी जननिर्वाचित प्रथम प्रधानमन्त्री जननायक बीपी कोइराला बन्न पुुगे । अठार महिना पुुग्दानपुुग्दै तत्कालीन राजा महेन्द्रले संसद् विघटन गरी आफ्नो हातमा शासन सत्ता लिए । यसरी प्रथम जननिर्वाचित संसद्को गला रेट्ने कूकाम भयो । केही समयपछि निर्दलीय पञ्चायती व्यवस्था ल्याइयो । बीपीको नायकत्वमा सशस्त्र आन्दोलन गर्न थालियो धेरै नेपाली आमाका सपूूतहरूले बलिदान दिए । त्यतिखेर ओखलढुुंगा र टिमुरबोटे काण्डमा लोकतन्त्रलाई पुनः फिर्ता ल्याउन लडेका थुप्रै योद्धहरूलाई निरंकुश पञ्चायतले निष्ठुर दमन गर्‍यो । धेरै संग्रामवीरहरूले सहादत प्राप्त गरे । यसरी जनताको तन्त्र स्थापना गर्न राणा, निर्दलीय पञ्चायत, तानासाही राजतन्त्रसित संघर्षमार्फत शहीदहरूले न्यायको दियो बाल्ने काम गरिरहे ।

२००७ सालदेखि २०६२/०६३ सालसम्म र त्यसपछि मधेस आन्दोलनमा ज्ञातअज्ञात गरी हजारौँले सहादत प्राप्त गरे पनि तिनीहरूको नालीबेली र उत्खनन् गर्न बहुदलीय सरकार, लोकतान्त्रिक सरकार र गणतान्त्रिक सरकारसमेत असफल सावित हुनपुगेका छन् । शहीदको परिभाषा अझै अन्योल र आग्रहपीडित बनिरहेको छ । घाइते र अपांग बनाएर कयौँ होनहार नेपाली सन्ततिहरू दीनहीन अवस्थामा जीवन गुजार्न बाध्य छन् । यतिखेरका राजनीतिक अभिकर्ताहरूमा वैचारिक स्खलन, सिद्धान्त, आदर्श, दर्शन, निष्ठा, आस्थाप्रति उदासी बन्दै गएका छन् । दलहरू स्वार्थसमूहजस्तो बनेर गुटउपगुटमा विभाजित हुँदै जसरी पनि सत्ताको भोग गर्नपर्छ भन्ने कुचिन्तनले ग्रस्त छन् ।

सत्तामा ढसमस्स हुन जो जोसित पनि गठबन्धनको लगनगाँठो कस्ने र भत्काउने अस्थिर, अनैतिक, सुविधाभोगी र विचारहीन सत्ताराजनीति लम्पट घिनलाग्दो व्यवहारले आमजनता वाक्कदिक्क निरास छन् । देश ऋणमा चुर्लुम्म डुुबेर प्रतिव्यक्ति ७५ हजार टाउकोमा व्यहोर्न बाध्य छ । आयात नब्बे प्रतिशतभन्दा माथि छ भने निर्यात नगन्य छ । सुशासन, जबाफदेहिता, पारदर्शीपन हुँदै खस्किएर सत्ताको नांगो र विसंगत नाच चलिरहेको छ । राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ता कमजोर हुँदैछ । शहीदले देखाएको राजमार्ग भत्काएर आ–आफ्नो अहं दम्भ र ठालूूपनमा भाषण र नारा दिने अकर्मण्यहरूको हुल हेरिसाध्यै छैन ।

यसैले यी सबै विसंगत अविराहरूमा शल्यक्रिया गरेर देशलाई माया गर्ने नयाँ शक्तिको उदय हुनु जरुरी छ । त्यसैले देशप्रेमबाट अभिसिक्तहरूले शहीदको सपना साकार पार्न देशको अर्थतन्त्र सुुदृढ बनाउन नयाँ अध्यायको श्रीगणेश गरी सुशासन, पारदर्शिता, जवाफदेहिता मूलमन्त्र ठम्याउनेतिर यात्रा चलोस् । त्यसैले अन्त्यमा आहृवान गर्दै यो काव्यांश उद्धृत गरेँ :
शहीद,
तिम्रा सपना, भएका छैनन् विपना
अन्याय र दमनका ताप, अझै भएनन् खाक !!
समाप्तम् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?