काठमाडौं । लामो समय हिमालय टाइम्समा सहसम्पादकमा रहेर काम गर्नुभएका वरिष्ठ पत्रकार सुदर्शन आचार्यलाई पितृशोक परेको छ ।
हाल रातोपाटी डटकममा वरिष्ठ उपसम्पादकमा रहेर काम गरिरहनु भएका आचार्यका बुबा ऋषिराम आचार्यको बिहीबार विहान निधन भएको हो ।
रक्तचाप र मधुमेहका बिरामी ७२ वर्षीय आचार्यको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको हो ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ९ स्थायी निवासी स्वर्गीय आचार्यको श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ । आचार्यको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ भने उहाँकाे किरियाकर्म लालबन्दीमै भइरहेको परिवारिक स्रोतले जनाएको छ ।
हिमालय टाइम्स परिवार आचार्यको निधनप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच