हिंउँदे हिमपात वर्षाले जुम्ली किसान हर्षित

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । लगातार दुई दिनको हिमपात र बर्षाले जुम्लाका किसानले लगाएका हिउँदे बालीनाली देखि स्याउ विरुवालाई राहत गर्ने भएपछि जिल्लाका किसानहरु हर्षित भएका छन । आकासको पानीको भरमा जीविकोपार्जन गर्ने किसानहरुलाई गहुँलगायत हिउँदे बालीलाई लामो समय पछि परेको हिउँदे हिमपातले निकै फाइदाजनक गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गशेष अधिकारीले जानकारी दिनुभयो ।

पानी नपर्दा किसानहरुले लगाएको गहुँ,जौ तथा बेमौसमी जातका तरकारीलगायतका वाली सुकेर जाँदा चिन्तित भएका किसान वर्षा र हिमपात पछि उत्साहित भएको पातारासि गाउँपालिका-१ स्थानीयवासि मुनबहादुर ऐडिले बताउनुभयो । सिंचाइको अभावले हिउँदे बाली लगाउन समस्या भएको थियो ।

मंगलबारदेखि परेको हिमपातले गहुँ जौं र नयाँ स्याउका बिरुवा लगाउन लागि परेको तिला गाउँपालिका-१ का स्थानीयवासि लंकबहादुर बुढाको भनाइ छ । मंगलबार र बुधबार जुम्लालगायत माथिल्लो कर्णालीमा भारी हिमपातले हवाई सेवा समेत बन्द हुदा यात्रुलाई सास्ती भएको थियो । जुम्ला विमानस्थलमा जमेको हिउँ बिहीबार विहानदेखी नेपाली सेना,प्रहरी र सशस्त्र बले हिउँ पन्छाएपछि हवाई सेवा सुचारु भएको नागरिक उडान प्राधिकरण कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लाको उच्च भेगमा करिब दुई देखि तीन फिटसम्म हिउँ परेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । बिहीबारदेखि मौसम सफाभए पछि विस्तारै जाडो कमहुदै गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?