समस्याको गीत गाउन होइन, देशमा लगानीमैत्री वातावरण बनाउन आएको हुँ : मन्त्री भण्डारी

फाइल तस्वीर

Read Time = 5 mins

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समस्याको गीत गाउन नभइ अर्थतन्त्र सुधारका लागि उद्योगीहरुलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने कार्यमा आफू लागिपर्ने बताउनुभएको छ ।

शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पोको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याका कारण धेरै भएपनि आगामी दिनमा समस्याको सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री भण्डारीले सरकारको प्राथमिकता समस्या समाधानको सम्भावना खोजि गर्ने र नीतिगत कुरामा सुधार गर्ने रहेको बताउनु भयो । उहाँले सरकार लगानी कर्तालाई सहज रुपमा लगानी गर्ने वातावरण सिर्जना गर्न र बैंकसँगको कारोबार सहज बनाउनेकुरामा गम्भीरतापूर्वक नीति र साझा कार्यक्रमलाई नै मध्यभागमा राखेर अघि बढीरहेको बताउनु भयो ।
उहाँले उद्योगी, व्यापारीहरुले उद्योगधन्दा सञ्चालन गर्नु नै गलत हो की भन्ने पीडाबोध गरिरहेको भन्दै उद्योग चलाएबापत सरकारलाई ट्याक्स तिरेँ र केही मानिसलाई रोजगारी दिएँ भन्ने खालको गर्व महशुस गर्ने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनु भयो ।
उहाँले सरकारले रुग्ण उद्योगको सञ्चालन गर्न र विगतमा चल्न नसकेर बन्द भएका उद्योगहरु सञ्चालन गर्नका लागि आगामी दिनमा अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याको कारण धेरै होलान । विगतमा भूकम्प तथा कोरोना महामारी लगायत अन्य कारणले नेपालको अर्थतन्त्र अहिले जुन अवस्थामा पुग्यो । व्यापार घाटा जसरी चुलियो । नेपालको जनशक्ति जसरी बाहिरियो । यसमा समस्याको गीत गाएर होइन । समस्या समाधानको सम्भावनालाई पनि खोज्छौं । सरकारको प्राथमिकतामा नीतिगत कुरामा हो । नीतिमा कहाँ हो समस्या ? लगानी कर्तालाई सहज रुपमा लगानी गर्ने वातावरण वा बैंकसँगको कारोबार सुलव बनाउनेकुरामा सरकार गम्भीरतापूर्वक नीति र साझा कार्यक्रमलाई नै मध्यभागमा राखेर उद्योगी, व्यापारीहरु उद्योगधन्दा सञ्चालन गर्नु नै गलत हो की भन्ने पीडाबोध भएको छ, मैले उद्योग चलाएबापत सरकारलाई ट्याक्स तिरेँ र केही मानिसलाई रोजगारी दिएँ भन्ने खालको गर्व महशुस गर्ने वातावरण सिर्जना गर्नेछु । निजी क्षेत्रले राखेका केही मागहरु मसँग, मन्त्रालयसँग आएको छ । यसमा हामी केही विषयहरुका लागि एउटा समिति बनेको छ, त्यो समितिले रुग्ण उद्योगहरु र विगतमा हामीले सञ्चालनमा ल्याउन नसकेका बन्द भएका उद्योगहरुलाई हामी अघि बढाउनेछौँ । लिज प्रक्रियाबाट अघि बढाउने सरकारको नीति छ । सरकारले उद्योग चलाउँदैन, सरकारले उद्योगीहरुलाई प्रोत्साहित गर्ने हो । नीति र कानून फुकाइदिने कुरा हो । उद्योग मन्त्रालयको मातहतमा रहेका जग्गाहरुलाई हामी निर्यात गर्ने वस्तुहरुको लागि कहीँ जग्गा खोजिरहेका छौँ । चाँडै हामी त्यो कुराको कमी नहुने गरी सरकारले निर्णय गर्नेछ । समस्याका गीत गाएर होइन, समाधानका सम्भावनाहरुका नजिकमा गर्नुपर्ने दायित्व बोध छ ।’

मन्त्री भण्डारीले सरकारले उद्योग चलाउने नभइ उद्योगीहरुलाई प्रोत्साहित गर्ने र नीति कानून फुकाइदिने काम गर्ने बताउनु भयो ।
उहाँले उद्योग मन्त्रालयको मातहतमा रहेका जग्गाहरुलाई निर्यात गर्ने वस्तुहरुको भण्डारणका लागि ठाउँ हेरिरहेको बताउनु भयो । एक्स्पो ३ दिनसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?