मेलबर्न । ग्रीसका टेनिस स्टार स्टेफानोस सित्सिपास अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गर्नुभएको छ । मेलबर्नमा शुक्रबार भएको सेमिफाइनलमा रूसका करेन खाचानोभलाई हरूाउँदै सित्सिपासले फाइनलमा स्थान बनाउनुभएको हो ।
तेस्रो वरीयताका सित्सिपासले रूसी खेलाडीमाथि ७-६(७-२), ६-४, ६-७ (६-८) र ६-३ को जित निकाल्नुभयो । सित्सिपास पहिलो पटक अष्ट्रेलियन ओपनको फाइनलमा पुग्नुभएको हो । अब सित्सिपासले उपाधिका लागि नोभाक जोकोभिच र टोमी पाउलबीचको विजेतासँग खेल्नु हुनेछ ।