रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा

Read Time = 3 mins

म्याड्रिड । रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । रियलले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको एट्लेटिको मड्रिडमाथि ३-१ को पुनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा रियलको जितमा रोड्रिगो, कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले गोल गर्नुभयो । एट्लेटिकोका अल्भारो मोराटाले एक गोल गर्नुभयो । सान्टियागो बर्नबेउमा बिहीबार राति भएको खेलको १९औं मिनेटमा मोराटाको गोलबाट रियल खेलमा पछि परेको थियो । एक गोलले पछि परेको रियलले ७९औं मिनेटमा बराबरी गोल फर्काउँदै खेलमा फर्कियो । रोड्रिगोले लुका मोड्रिचको पासमा तीन डिफेन्डरलाई बिट गर्दै सुन्दर गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

९९औं मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटिन पुग्यो । स्टेफन साभिच चार मिनेटको अन्तरमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिनुभयो । १०४औं मिनेटमा कप्तान बेन्जेमाले गोल गर्दै रियललाई २-१ले अघि बढाउनुभयो । त्यसपछि अतिरिक्त समयको थप गरिएको पहिलो मिनेटमा भिनिसियसले गोल गर्दै रियलको जित पक्का गर्नुभयो ।

अर्को क्वार्टरफाइनलमा एथलेटिको बिल्वाओले भ्यालेन्सियालाई ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । बिल्वाओको जितमा इकर मुनिएन, निको विलियम्स र मिकेल भेस्काले गोल गर्दा भ्यालेन्सियाले आत्मघाती गोल उपहार पाएको थियो । यससँगै कोपा डेल रेको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि क्याटलान क्लब बार्सिलोना र ओसासुनाले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?