काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स-२’ को घोषणा गरिएको छ । आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको यो चलचित्रको सिरिज निर्माण हुने भएको हो । चलचित्रका निर्माता रामप्रसाद रिजालले ‘डिसेम्बर फल्स-२’ निर्माणको घोषणा गर्नुभएको हो ।
लक्ष्मण रिजालको लेखन एवं निर्देशनमा बन्ने चलचित्रका लागि उपासना सिंह ठकुरी फाइनल हुनुभएको छ । ‘डिसेम्बर फल्स’ का कलाकारहरूका साथमा अहिलेका चर्चित कलाकारहरूसमेत चलचित्रमा रहने बताइएको छ ।
महेश आर गुप्ताको छायांकन रहने चलचित्र चैत दोस्रो साताबाट फ्लोरमा निस्किने जनाइएको छ । नेपाल र युरोपका विभिन्न स्थानमा चलचित्र छायांकन गरिने निर्माण टिमले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका