डा. पुडासैनीको ‘ग्रीष्मको निलो बतास’लाई ‘पवन आलोक नियात्रा’ पुरस्कार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नियात्रा समाज नेपालले ‘पवन आलोक नियात्रा पुरस्कार’ साहित्यकार डा. दामोदर पुडासैनी किशोरद्वारा लिखित नियात्रा कृति ‘ग्रीष्मको निलो बतास’लाई प्रदान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज नियात्राकार घनश्याम राजकर्णिकारले स्रष्टा पुडासैनीलाई सम्मानपत्र समर्पण गर्नुभएको हो ।

कार्यक्रममा साहित्यकार पवन आलोकले कृतिकार पुडासैनीलाई दोसल्ला ओढाई २५ हजार नगद राशिको थैली प्रदान गर्नुभएको थियो । उक्त पुरस्कार श्रीमती रेखा कँडेलले पति नियात्राकार पवन आलोकका नाममा स्थापना गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि राजकर्णिकारले कुनै पनि पुरस्कारले सर्जकलाई उत्साहित गर्ने बताउँदै डा. पुडासैनीले कृतिमा सुन्दर तरिकाले प्राकृत्तिक सौन्दर्यको वर्णन गरेको चर्चा गर्नुभयो ।

समीक्षक महेश पौडेलले नियात्रामाथि चर्चा गर्दै आख्यान र कविताहरूको हल्लाका बीचमा पनि नियात्रा विधा बाँचिरहेको बताउनुभयो । उहाँले नियात्राकारहरू निरन्तर यतातिर लागेकाले नै यो सम्भव भएको उल्लेख गर्नुभयो । यति हुँदाहुँदै पनि नियात्राको ‘नि’ जोखिममा रहेको उहाँको टिप्पणी थियो ।

कार्यक्रममा डा. दामोदर पुडासैनी किशोर, प्रतीक ढकाल, श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, चन्द्रप्रसाद भट्टराई, जय छाङ्छा, मोहन चापागाईं, भवानी खतिवडाले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?