भरतपुर । ग्लोबल आइएमई बैंकले चितवनको भरतपुर महानगरपालिका-१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री सहयोग गरेकोे छ । श्रीपञ्चमीको अवसरमा आयोजित एक कार्यक्रमबीच बैंकको बागमती प्रादेशिक कार्यालय उपप्रमुख विदुर ज्ञवालीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापीलगायतका विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।
बैंकले उपलब्ध गराएका शैक्षिक सामग्री विद्यालयले विभिन्न कक्षामा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई वितरण गरेको छ । कार्यक्रममा बैंकका शहीदचोक शाखा प्रमुख लक्ष्मण पौडेल, सञ्चालन अधिकृत हेमबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको