रियलमीकोे छिटो चार्ज हुने मोबाइल आउँदै

Read Time = 2 mins

काठमाडौं । रियलमीले आगामी फ्लागसिप स्मार्टफोनमा दुई सय ४० वाटको चार्जिङ सपोर्ट हुने जनाएको छ, जुन हालसम्मकै सबैभन्दा छिटो हो । उक्त चार्जिङ प्रविधिसँगै रियलमी विश्व मोबाइल उद्योगमै सबैभन्दा बढी पावरको चार्जिङ टेक्नोलोजी प्रदान गर्ने स्मार्टफोन ब्राण्ड हुने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार कटिङ एज चार्जिङ सोलुसनयुक्त नयाँँ प्रविधिले फोनलाई सुरक्षित र छरितो तरिकाले चार्ज गर्छ । ९८.७ प्रतिशतको अत्यधिक उच्च पावर कन्भर्सन रेट भएको दुई सय ४० वाटको इनोभेटिभ चार्जिङ आर्किटेक्चरले लो भोल्टेजमा नै सुरक्षित तरिकाले चार्ज गर्न सक्छ । कम्पनीसाथै कम्पनीले संसारमै पहिलोपटक १२ एम्पियरको चार्जिङ केबल पनि ल्याउँदैछ, जुन मोबाइल उद्योगमैै हालसम्मकै सबैभन्दा राम्रो र उच्च स्ट्याण्डर्डको हो ।

यसअघि कम्पनीले २०२१ मा ६७ वाटको चार्जिङ प्रविधि अपनाउँंदै मिड रेन्ज सेग्मेन्टमा फास्ट चार्जिङको सुविधा दिएको थियो भने २०२२ मा पनि रियलमी जिटी नियो ३ मार्फत् समस्त मोबाइल उद्योगमै पहिलोपटक एक सय ५० वाटको फास्ट चार्जिङ प्रविधि ल्याएको थियो, जसबाट २० मिनेटमै शतप्रतिशत मोबाइल चार्ज हुन सक्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?