रवि नेपाली हुन की होइनन्, जनतालाई सोध्नुपर्छ – हर्क साम्पाङ

फाइल फोटो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सर्वोच्च अदालतले अनागरिक भन्दै गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि धरानका मेयर हर्क साम्पाङले प्रतिक्रिया दिनुभएको छ ।

उहाँले समाजिक सञ्जाल फेसबुकमार्फत रवि नेपाली भए-नभएको बारे नेपाली जनतालाई सोध्न र जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्ने प्रतिक्रिया दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्नुभएको छ, ‘कसले भन्यो रवि नेपाली नागरिक होइन भनेर ? हि इज नेपाली सिटिजन ।’

अर्को स्टाटसमा उहाँ लेख्नुहुन्छ, ‘सर्वोच्च अदालत भन्दा ठूलो हुन्छ जनको अदालत । नेपाली जनतालाई सोधौं, रवि नेपाली हुन् कि होइनन् ? जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्छ ।’

सर्वोच्चले उम्मेदवारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्रले मान्यता नपाउने फैसला सुनाएको हो ।

कायममुकायम हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासको यो फैसलासँग गृहमन्त्री लामिछाने निर्वाचित भएको क्षेत्र चितवन–२ को सांसद पद रिक्त भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?