राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसद सचिवालयले राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले सचिवालयलाई निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिनुभएको थियो ।

सोहीअनुसार सचिवालयले माघ २२ गते उम्मेदवारी दर्ता र २३ गते मतदान गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।

तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष चयन हुन सकेको थिएन । राष्ट्रियसभाको उपाध्यक्ष पद झण्डै एक वर्षदेखि रिक्त छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?