काठमाडौं । सञ्चारकर्मी प्रेम बानियाँले रवि लामिछानेलाई संयमता नगुमाउन सुझाव दिनुभएको छ । उहाँले शनिबार बिहान सामाजिक संजालमार्फत संयमता र धैर्यताका साथ अगाडि बढ्न सुझाव दिनुभएको हो ।
उहाँले फेसबुकमा लेख्दै माँत्तिने वा आँत्तिने परिस्थितीबाट बाहिर आएर संयमता र धैर्यताका साथ यो खेलमा अगाडि बढ्न आग्रह गर्नुभएको हो ।
उहाँले भोलि अर्को कोही राज्यबिहीन नबनोस् भन्नका लागि आज तपाईं स्टेटलेस हुनु भनेको पनि परिवर्तनको एउटा क्रान्ति भएको बताउनुभयो । शुक्रबार सर्वोच्च अदालतले लामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला गरेको थियो । सो फैसलासँगै उपप्रधान तथा गृहमन्त्री लामिछानेको सांसद र मन्त्री पद खारेज भएको हो । यसैबिच सञ्चारकर्मी बाँनियाले रविलाई दुखी हुनुपर्ने रत्तिभर कारण नभएको र हामी सँधै सँगै रहेको बताउनुभयो ।
उहाँले लेख्नुभएको छ, ‘तपाईंले देशमा परिकल्पना नै गर्न छुटेका विषयहरूसमेत उजागर गरेर देश र जनताकै लागि योगदान गरिरहनु भएको छ १ माँत्तिने वा आँत्तिने परिस्थितीबाट बाहिर आएर संयमता र धैर्यताका साथ यो खेलमा अगाडि बढ्नुभयो भने आजका यिनै ब्यवधान र अप्ठ्यारा गौंडाहरु तपाईंको मात्र होइन देशकै जीवनमा इतिहास बन्नेछन्, नजीर बन्नेछन् । भोलि अर्को कोही राज्यबिहीन ९स्टेटलेस० नबनोस्’ का लागि आज तपाईं स्टेटलेस हुनु भनेको पनि परिवर्तनको एउटा क्रान्ति हो ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको