काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौं आइटिएफ जुनियर टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट-१ सोमबारदेखि हुने भएको छ । यू-१८ उमेर समूहको प्रतियोगितामा ब्वाइजतर्फ आठ तथा गल्र्समा सात राष्ट्रको सहभागिता रहने आयोजक संघका सदस्यसमेत रहनुभएका प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी गराउनुभयो । ब्वाइज/गल्र्समा दुवैमा समान ६४-६४ खेलाडी रहेकाले दुवै समूहमा समान ३२-३२ खेलाडीको ‘मेन ड्र’का लागि शनिबार र आइतबार छनोट खेल खेलाइनेछ ।
छनोटको ब्वाइजमा नेपालबाट नौ, भियतनाम, चाइनिज ताइपेइ, चीन र दक्षिण कोरियाबाट समान तीन-तीन, अमेरिका र हङकङबाट समान दुई–दुई तथा भारतबाट ३९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । गल्र्समा नेपालबाट नौ, हङकङ, बेल्जियम, रुस र थाइल्याण्डबाट एक-एक, मंगोलियाबाट दुई र भारतबाट ४९ खेलाडी सहभागी हुनेछन् ।
प्रतियोगिताअन्तर्गत सर्किट-२ फेब्रुअरी ६ देखि ११ तारिखसम्म हुनेछ । खेलहरू सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख खर्च हुने आयोजकले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको